श्रावण महिनाको राशिफल


©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७
                                        
मेष (चुचेचोलालिलुलेलोअ) Aries :
मेष राशि हुनेहरुको लागि माता पिताको स्वास्थ्यमा प्रतिकुलता आउन सक्छ,पारिवारिक समस्याले थप सताउनेछ,समयमा सहि निर्णय लिन नसक्दा हात आईलागेका अवसरहरु खेर जान सक्छन,मित्रता स्थापित गर्दा ख्याल राख्नुहोला खराब व्यक्तिहरु संग मित्रता गास्न सकिने सम्भावना रहेको छ,व्यापारिक साझेदारी गर्नको लागि यो महिना खासै सुखद नहुन सक्छ,राजनीतिमा आफ्नो प्रभुत्व घटन सक्छ,स्वास्थ्यमा केहि जटिलाता आउन सक्छ,देश बाहिर बस्नेहरुको लागि त्यति धरै उचित समय देखिन्न,जग्गा जमिन र पशु जन्य व्यवसायमा भने ठुलो सफलता हात लाग्नेछ,घरबाहिर बसेर गरेका काममा केहि सफलता मिल्नेछ




वृष (इवाविवुवेवो) Taurus :
वृष राशि हुनेहरुको लागि यो महिना निकै सफल रहनेछ,मनमा रहेका डरहरु हट्नेछन,सामाजिक र राजनैतिक क्षेत्रमा पनि तपाईको बर्चस्व बढ्नेछ,स्वास्थ्यमा सुधार आउनेछ, विशिष्ट मान सम्मान पाइनेछ,तपाईले गरेका कामको सहि मुल्यांकन हुनेछ,राज्यकोतबरबाट पुरस्कृत र सम्मानित भइनेछ,पराक्रम बढ्नाले जटिल कामहरु पुरा गर्ने शक्ति बढ्नेछ,लेनदेनमा चनाखो रहनु होला, बिस्वासिला भनिएका आफन्तहरुबाट अन्तर्घात हुन सक्ने देखिन्छ,सरकारी सेवामा प्रवेश गर्ने सु-अवसर पनि मिल्न सक्ने देखिन्छ,बिद्यार्थी बर्गको लागि सामान्य फलदायी महिना बन्नेछ,यात्रामा खासै सफलता देखिन्न।  


मिथुन (काकिकुकेकोहा) Taurus :
महिना भरनै पारिवारिक समस्याले सताउनेछ,आफ्नै स्वास्थ्यमा आउने प्रतिकुलताले काममा समय दिन नसकिने अबस्था आउन सक्छ,बिशेषत नाम कान घाटी सम्बन्धि समस्याले पिरोल्न सक्ने देखिन्छ,धनमाल चोरि हुन सक्ने सम्भाबना देखिन्छ,बहुमुल्य बस्तुहरु टुट-फुट हुन सक्छ, सामाजिक मान प्रतिष्ठा बढ्नेछ,बोलीको प्राभाब घटनेछ,निर्णय शक्तिमा आउने कमजोरीले आफन्त तथा साथीभाई टाढिन सक्छन,सवारी साधनले सामान्य भन्दा केहि बढीनै खर्च गराउनेछ,पढाइमा रुची बढ्नेछ भने गरिरहेको कामलाई सुचारु गराउन कठिनाइ आउनेछ, ब्यबसायिक रुपमा भने महिना उन्नति दायक हुने देखिन्छ।






कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ,टाढिएका प्रियसीहरुसंग पुनर्मिलन हुनेछ,खेलकुद र कलाकारिताको क्षेत्रमा प्रगति हुनेछ,आत्मबलमा कमि आउनाले काममा सक्रिय सहभागिता बढाउन सकिने छैन,समयमा सहि निर्णय लिन नसक्दा हात लागेको सफलता फुत्कन सक्नेछ,पारिवारिक सम्बन्धमा कमजोरी देखिएता पनि दाम्पत्य सम्बन्ध अझै सुमधुर बन्नेछ,पढाई लेखाइमा मन लाग्नेछ,स्मरण शक्तिमा भने कमि आउन सक्छ,नोकरीमा रहनेहरुको लागि महिना सुखद रहने देखिन्छ,पदोन्नतिको अवसर मिल्नेछ भने नया स्थानमा रही सेवा गर्ने अवसर मिल्नेछ,महिनाको अन्त्य तिर विदेश यात्राको सम्भाबना पनि देखिन्छ





सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
सिंह राशिका व्यक्तिहरुको लागि श्रावण महिना सामान्य रहनेछ,स्वास्थ्यमा कमजोरी आउनेछ भने सवारी साधनप्रयोग गर्नेको लागि दुर्घटना र चोटपटकको भय देखिन्छ,साबधानी पुर्बक यात्रामा निस्कनुहोला,बैदेशिक यात्रामा सफलता मिल्नेछ,बौधिकतामा निखारता आउनाले दिर्घकालिन प्रभाब पार्ने किसिमका काममा सफलता हात लाग्नेछ,पढाइ लेखाइ र साहित्यिक पाटो सफल रहने देखिन्छ,प्रतिस्पर्धा गर्नु परेता पनि जित हाशिल गर्न सकिनेछ,दाम्पत्य सम्बन्धमा कटुता आउने महिना रहेको छ,सामाजिक कामबाट सम्मान र पुरस्कार प्राप्तिको अवसर मिल्नेछ।



कन्या (टोपापिपुपेपो) Virgo :
आकस्मिक लाभ मिल्नेछ,नोकरीमा प्रगतिको शुभ संकेत देखा पर्नेछ,बिशिष्ट कामको दायित्व निर्बाह गर्नु पर्ने अवसर जुट्नेछ,आफन्त तथा साथिभाइको सहयोग प्रशस्त मिल्नेछ, सामाजिक र राजनैतिक रुपमा यो महिना निकै महत्वपूर्ण रहनेछ,राजनीतिमा रहनु हुनेको लागि उच्चपद्को प्राप्ति हुने समय देखिन्छ,पढाई लेखाईमा सफलता मिल्नेछ,सन्तानबाट सन्तोषजनक सुख प्राप्ति हुने समय रहेको छ, मनोरन्जानात्मक भेटघाटमा रमाउने समय देखिन्छ,बुध्दिपुर्बक निर्णय लिएर अगी बढ्न सके यो महिनामा ठुलो सफलता हात लाग्नेछ




तुला (रारिरुरेरोतातितुते) Libra :  
राज्यले तपाइको उचित सम्मान गर्नेछ,नोकरीमा पदोन्नती हुनेछ,सहयोगी र अनुयायीहरुबाट सकारात्मक सहयोग मिल्नेछ, ब्यापार तथा व्यवसायमा उल्लेख्य सफलता हात लाग्नेछ,मान सम्मानमा वृद्धि हुनेछ भने तपाइले गरेका निर्णयहरु सामाजिक रुपमा दरिलो रहनेछ, दिन दुखिलाई सहयोग गर्न पाउदा मनमा आनन्दको आभास हुनेछ,सफल विदेश यात्राको सम्भाबना देखिन्छ, मनोरंजन र विलासिताको क्षेत्रमा मन रमाउनेछ,पढाइ लेखाईमा उच्चतम सफलता आउनेछ,स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनाले शारीरिक क्षमता बढ्नेछ


वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
मान्य जनसंगको सम्बन्धमा कमजोरी देखिनेछ, सल्लाह सुझाब र आशिर्बाद लिएर अगाडी बढ्नु हितकर हुनेछ,दुर्घटनाको योग पनि देखिन्छ सवारी साधनको प्रयोगमा सजग रहनु पर्ला,संचित धनको नोकसानी हुनेछ भने प्राप्त धनको उचित प्रयोग नहुन सक्ने अबस्था छ, धैर्यता टुट्नाले काममा असफल हुनु पर्ने देखिन्छ,मनलाई दरिलो बनाएर अगी बढनुहोला,गलत निर्णयले गर्दा सामाजिक बिस्वास गुमाउनु पर्ने तर्फ होसियार रहनुहोला,शैक्षिक क्षेत्रमा भने सोचे अनुरुप सफलता हात लाग्नेछ,धार्मिक यात्रा संगै समाज सेवामा लाग्ने अवसर मिल्नेछ,खानपानमा बिशेष चनाखो रहनु पर्नेछ, 



धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
आफन्त संगको सम्बन्धमा तिक्तता आउनेछ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ, निर्णायक भूमिकामा कमजोरी देखिनाले आलोचना आउन सक्ने अबस्था छ,आर्थीक अभाबले पिरोल्न सक्छ,सरकारी काममा हैरानी व्यहोर्नु पर्नेछ,दुर्घटनाको सम्भाबना अधिक रहेकोले बिशेष जरुरि काम बाहेक यात्रामा ननिस्कनु राम्रो हुनेछ,दाम्पत्य तथा प्रेम सम्बन्धमा कमजोरी आउनेछ,सहनशिलताको शक्ति घट्नाले दुखको अनुभूति बढी भएजस्तो लाग्नेछ, ब्यबसायिक रुपमा लगानी गर्दा निकै सुझबुझ पुर्बक गर्नुहोला,विशिष्ट व्यक्ति संगको बिस्वसनियता गुमाउनु पर्ने हुन सक्छ




मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
सन्तानको प्रगतिले मनमा सुखको अनुभूति दिलाउनेछ, नोकर तथा सहयोगीको साथमा परिपक्कता आउनेछ,कलाकारिता र खेलकुद क्षेत्रमा पदक र प्रतिष्ठा मिल्नेछ,पेट सम्बन्धि समस्याले सताउन सक्छ,खानपानमा आउने असावधानी कै कारण बिबिध प्रकारका शारीरिक समस्याहरु देखिन सक्छन,गुप्त रोगको भय देखिन्छ, पारिवारिक स्वास्थ्यमा पनि कमजोरी आउन सक्ने देखिन्छ,आफन्त संगको सहकार्यमा ब्यबसायिक क्षेत्रमा भने ठुलो छलांग मार्न सकिनेछ, कृषि तथा पशु चौपायामा गरेका लगानीले अपेक्षा कृत शुभ फल दिलाउनेछ



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
कुम्भ राशिका व्यक्तिहरुको लागि समय निकै फलिफाप पूर्ण रहनेछ,रोकिएका कामहरुमा सफलता मिल्नेछ भने ऋणबाट केहि हद सम्म छुटकारा पाइनेछ,शत्रु बढेता पनि समाजमा तपाइको सकारात्मक प्रभाब बढ्नाले सहजै परास्त गर्न सकिनेछ,शरीरमा स्फूर्ति बढ्नेछ भने रोग ब्याधिमा कमि आएको महसुस गर्नुहुनेछ,मुद्दा मामिलाको झन्झट आइलाग्नाले कममा बिलम्ब गराउन सक्नेछ,तथापि कानुनि पाटोमा सफलता पाउन समय बलियो देखिन्छ,पारिवारिक र दाम्पत्य सम्बन्धमा भने कमजोरी आउने देखिन्छ,तपाईको बौद्धिकताको अरुले खुलेर प्रशंशा गर्नेछन ।



मीन (दिदुदेदोचाचि) Pisces :
सामाजिक र राजनैतिक झैँ-झमेलामा फसिनेछ,आफन्तले गरेका दुष्कर्मको शिकार भइएला, अस्वस्थताले सताउन सक्ने देखिन्छ,समयानुकुल परिवर्तन हुन नसक्दा काममा बिध्न आउन सक्छ,हतारो पनले काममा भद्रगोलको स्थिति नआउला भन्न सकिन्न,आफन्त तथा साथीभाइको सहयोग प्रशस्त मिल्नेछ,पढाइ लेखाइको क्षेत्रमा उल्लेख्य सफलता हात लाग्नेछ,सन्तानको सहयोग र साथ पाइनेछ,प्रेम प्रशंगमा खल्लोपनको आभास हुनेछ,महिनाको अन्त्य तिर आर्थिक अबस्थामा सुधार आउनेछ,गर-गहना तथा अचल सम्पति जोडिनेछ।
Share this article :
 

Post a Comment