साप्ताहिक राशिफल (आषाढ २०-२६)



                                   
मेष (चुचेचोलालिलुलेलोअ) Aries :
साता समग्रमा सामान्य प्रगति कारक रहनेछ,कर्मचारी बर्गको लागि निकै काममा खटिनु पर्ने हुनेछ,आर्थिक अबस्था सुधारोन्मुख रहनेछ,नयाँ व्यक्ति संगको भेटघाट र सहायताले दीर्घकालीन सफलता दिलाउनेछ,काममा लगनशीलता बढ्नेछ भने अरुको बिस्वास सजिलै जित्न सकिनेछ, पढाइ लेखाइमा सुधार आउनेछ,पुरस्कार र स्याबासी पनि हात लाग्नेछ,साताको मध्यमा  लामो यात्रा हुन सक्ने देखिन्छ,लगनशील भएर प्रयत्न गरे बेरोजगारहरुको लागि नया जागिर हात लाग्न सक्छ,परिवारको लागि समय खर्चिनु पर्नेछ


वृष (इवाविवुवेवो) Taurus :
धर्म कर्ममा रुची बढ्नेछ भने दुखि र असाहाय व्यक्तिहरुको सेवामा समय बित्नेछ,गरेका काममा सन्तोष जनक सफलता मिल्नेछ,आम्दानि बढेता पनि साताको अन्त्यमा नसोचिएको धन खर्च हुनेछ,सरकारी क्षेत्रमा भन्दा निजि क्षेत्रमा कार्यरत कर्मचारीको लागि उन्नतिप्रद रहनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर देखिन्छ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ तथापि साताको अन्त्यमा रिस बढ्ने र खराब सोचाइ हाबी हुनाले नोक्सानी व्यहोर्नु पर्नेछ,दाम्पत्य सम्बन्धमा पनि टकराब आउनेछ



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
साताको सुरुवातमा व्यवसायमा मन्दी आउनेछ,पारिवारिक सम्बन्धमा कटुता उत्पन्न होला,कानुनि अड्चन र जरिवानाजस्ता झमेला आइलाग्नेछ,सवारी साधनमा यात्रा गर्दा चनाखो रहनु पर्नेछ,बुधबार बाटकाममा उन्नति संगै बैदेशिक सहयोग प्राप्त हुनेछ,फसेका पैसाको प्राप्ति हुनेछ भने नया र फाइदाजनक लगानीको लागि अवसर मिल्नेछ,पारिवारिक समझदारी बढ्नुको साथै सन्तान तथा सेवक बर्गको प्रगतिमा रमाइनेछ,प्रेमी प्रेमिकाको लागि सुखद अबस्था आउनेछ,नया बस्तु प्राप्ति हुने कुराई नकार्न सकिन्न 


कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
सप्ताहको पुर्बार्धमा जोइ पोइको सम्बन्धमा ग्रहण लाग्नेछ पारिवारिक समझदारी बिग्रन सक्छ,अनाबस्यक रिस बढ्नाले सोचन शक्तिमा कमि आउनेछ फलस्वरूप आफन्त संग बैर भाब बढ्न सक्छ,सवारी साधन तथा यान्त्रिक बस्तुबाट चोटपटक लाग्न सक्छ,बिहिबार पछी साथीभाइको सहयोग बढ्नेछ,रमाइलो यात्राको अवसर संगै ठुला व्यक्ति संगको भेटघाटमा सहभागी हुने अवसर जुट्नेछ,रास्ट्रिय हितको निमित्त नेतृत्वदायी भूमिका निर्बाह गरिनेछ, बुध्दीपूर्बक अघि बढ्नु भएमा साहित्यिक क्षेत्रमा फड्कोमार्न सकिने समय रहेको छ।




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
शत्रु पक्ष बलियो देखिएता पनि निरन्तरको प्रयत्न पश्चात महत्वपूर्ण कार्य सम्पादन गर्न सक्नुहुनेछ,ससुराली वा मावली पक्षको सहयोग बिशेष हितकर रहनेछ,प्रेम सम्बन्धले निकै रोमान्चक मोड लिनेछ,ब्यबासयमा गरेका लगानीले उत्साह जनक फल प्रदान गर्नेछ,बुधबार पछिको समय भने केहि कमजोर रहनाले गोपनियता राख्दै अगाडी बढ्नुहोला, चोटपटकको भय संगै धन क्षय हुने सम्भाबना देखिन्छ गुरु तथा मान्यजन संगको सम्बन्धमा रोकावट आउन सक्नेछ,राजनीतिमा सोचे अनुरुप फल नमिल्न सक्छ,बिबादले उग्र रुप लिन सक्छ संयमता अपनाउनु होला।




कन्या (टोपापिपुपेपो) Virgo :
पढाइ लेखाइमा रुची बढे संगै नया ठाउ र जिम्मेवारीको प्राप्ति पनि हुन सक्ने देखिन्छ,नया साथिसंगाको हेलमेलले साता सुखी र खुशी रहनेछ,स्वास्थ्यमा आएका कमजोरी बिस्तारै कम हुदै जानेछ,साथि संगी संग रमाइलो गरेर समय बित्नेछ,बिदेशमा रहेका व्यक्तिहरुको सहयोग मिल्नुको साथै बैदेशिक यात्राको योग पनि देखिन्छ,साना ब्यबसाय गर्ने हरुको लागि कमाम ब्यबधान आउनेछ,कुराले ठिक्क पारेर स्वार्थ लुट्नेहरुबाट साबधानी रहनु पर्नेछ,शुक्रबार र शनिबार खेलबाड वा अन्य अनाबस्यक क्षेत्रमा खर्च बढ्नेछ,झैझगडा बाट टाढै रहनु होला



तुला (रारिरुरेरोतातितुते) Libra :  
आफन्त संगको सम्बन्धमा सुधार आउनेछ, माता पिताको लागि धन खर्च बढे संगै बढी समय दिनुपर्ने हुन्छ,सवारी साधन बाट साताको पुर्बार्धमा खर्च बढ्नेछ,पढाइ लेखाइमा गति कम लागे पनि ज्ञान बढाउन साता निकै  सफल साबित हुनेछ,नया प्रेमी जोडीहरुको लागि अत्यन्त उत्साह जनक अवसर मिल्नेछ,नया सन्तान प्राप्तिको योग पनि देखिन्छ,सामुहिक कार्यको लागि अग्रसर भइनेछ,कृषि तथा पशु पक्षीको व्यवसायले ठुलो लाभ दिलाउनेछ,धनमाल हराउन सक्ने कुरालाई नकार्न सकिन्न,निकै साबधानि  पुर्बक रहनु पर्नेछ ।




वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
पराक्रमी काममा रुची बढ्नेछ भने सहभागिता हुने अबसर जुट्नेछ,दाजु भाइको सम्बन्धमा कमजोरी देखिएता पनि आफन्त संगको सामिप्यता बढ्नेछ,सवारी साधनले अनाबस्यक खर्च बढाउने देखिन्छ,धनमाल हराउन वा नष्ट हुनसक्ने देखिन्छ,खानपानमा असावधानी बढ्नाले पेट सम्बन्धि समस्याले सताउन सक्छ,यात्रा कष्टकर रहेता पनि फलादायी रहनेछ,बिपरित लिंगीबाट आकस्मिक ठुलो  सहयोग मिल्नेछ,जग्गा जमिनबाट भने घाटाको अबस्था गुजार्नु पर्ने हुन सक्छ,स-साना चोटपटक बाट  जोगिनु पर्ने अबस्था छ।

धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
संचित गरेका धनमाल हराउन सक्नेछ,रिस बढ्नाले आफन्त संगको सम्बन्धमा कमजोरी आउने सम्भाबना देखिन्छ,दाम्पत्य सम्बन्धले नया उचाई लिनेछ,पति पत्नीको सल्लाहमा सुरु गरिएका कामले फलिफाप हुने समय छ,धैर्यता अपनाउन नसक्दा दाताबाट पाउने सहयोग गुम्न सक्छ,अरुको सल्लाहलाई खासै ध्यान दिन नसक्दा पश्चाताप गर्नु पर्ने अवसर आउन सक्छ,लेखाईमा सुधार आउनेछ भने नया रचना गर्न सक्ने दिमागीय क्षमतामा बृध्दि हुनेछ,खानपानमा भने साबधानी अपनाउनु पर्नेछ।


मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
रोकिएका कामको फर्स्योट गर्न सकिनेछ,नया सोच र जागरमा बढवा हुनेछ,असल र विशिष्ट बस्त्र आभूषणको प्राप्ति संगै मनमा प्रशन्नता छाउनेछ,बहुमुल्य र सुन्दर रत्नसंचय गरिनेछ,सामाजिक सेवाका कार्यमा रुची बढ्नेछ भने गरेको कामको उचित मुल्यांकन पनि हुनेछ,भविष्यको लागि विशिष्ट योजना बनाएर अगाडी  बढन सके निकै सफल हुन सक्ने समय रहेको छ,नोकारिमा भने झमेला आउन  सक्ने देखिन्छ ,साताको अन्त्यमा बिस्वास गरेका व्यक्ति बात घात हुन सक्छ,गोपनियाता कायम गर्नुहोला  

कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
राजानिक र सामाजिक प्रतिष्ठा बढ्नेछ,तपाइको सहयोगको सबैले प्रशंशा गर्नेछन,सामुहिक नेतृत्व गर्दै सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,धन सम्पत्ति संचय गरिनेछ भने दान धर्म र पुण्य कार्यको लागि मनमा उदारता छाउनेछ,मान्यजनको सल्लाह र आशिर्बाद लिएर अगाडी बढे निकै ठुलो सफलता हात लाग्नेछ,साताको अन्त्य तिर एकलौटी पन हाबि हुनाले आएको सम्मानमा केहि दाग लाग्न सक्ने कुरालाई बिशेष ख्याल राख्नु पर्ला,टाउको तथा आखा सम्बन्धि समस्याले सताउन सक्छ,सामान्य चोटपटकको भय पनि रहनेछ 


मीन (दिदुदेदोचाचि) Pisces :
साताको सुरुवातमा बिबाद तथा खर्च बढ्नेछ,दाम्पत्य सम्बन्धमा कमजोरी आउनुको साथै आफन्त बाट अपमानित हुनपर्ने अबस्था आउन सक्छ,राम्रै सहयोग गर्दा पनि अपजसको सामना गर्नु पर्ने हुनसक्छ, बुधबार वाट काममा  सफलता मिले संगै मनमा सन्तुष्टि छाउनेछ, बिपरित लिंगी संगको सम्बन्धमा आलोचना बढ्नेछ,लेनदेनमा चनाखो रहनु होला,धनको मामिलामा निकटस्थ सम्बन्धमा कमजोरी आउने हुदा निकै चनाखो रहनु पर्ने देखिन्छ,मनपरेको बस्तु उपाहार स्वरूप प्राप्त हुनेछन,दाजु भाइको सम्बन्धमा सुधार आउनेछ।



©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी

 दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७
skype online.jyotish1 
Share this article :
 

Post a Comment