जेष्ठ २३ गतेको राशिफल
वि.सं.२०७२ साल जेठ २३ गते शनिबार,
इ स २०१५ जुन ७ तारिख,
नेपाल संवत् ११३५ तछलागा,
आषाढ कृष्णपक्षको चतुर्थी तिथि साँझ ५:३० बजेसम्म उप्रान्त पञ्चमी,
उत्तराषाढा नक्षत्र साँझ ६:५५ बजेसम्म उप्रान्त श्रवण,
ब्रह्म योग रात्रि १०:१८ बजेसम्म उप्रान्त ऐन्द्र,
वव करण बिहान ६:२२ बजेसम्म,वालव साँझ ५:३० बजेसम्म,कौलव रात्रि ४:३३ बजेसम्म उप्रान्त तैतिल,
आनन्दादियोगमा राक्षस योग,
चन्द्रमा मकर राशिमा,
काठमाडौंमा सूर्योदय ५:१० बजे, सूर्यास्त साझ ६:५६ बजे
दिनमान ३४ घडी २५ पला,
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
नाम दाम र इनाम कमाउने समय छ,सामाजिक मान प्रतिष्ठा बढ्नेछ,माता पिताको सहयोगमा गरेका काममा धेरै सफलता हात लाग्नेछ,नोकरीमा रहनु हुनेहरुको लागि दिन निकै रमाइलो र उन्नातिप्रद रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
दिन चुनौती पूर्ण रहनेछ,काममा ब्यबधान गर्ने व्यक्तिहरु सक्रिय रहनेछन,स-साना काममा महत्व पूर्ण समय खर्च गर्नुपर्ने हुन सक्छ,धार्मिक कार्यमा रुची बढ्नेछ भने सहयोगी भावनाको बढावा हुनाले सामाजिक कार्यमा समय बित्ने देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पारिवारिक असमझदारी बढ्नेछन,छरछिमेकको सम्बन्धमा असन्तुलन आउनेछ,खर्च तथा विवाद बढ्नाले मनमा बेचैनी बढ्नसक्ने देखिन्छ,सोचन शक्तिमा कमि आउनाले निर्णय गर्ने काममा अगाडी नबढ्नु बुध्दिमानी हुनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
साथि संगीसंगको सम्बन्ध र प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ,आर्थिक कारोबार सन्तोष जनक रहनेछ,ब्यापार व्यवसायमा नंया साझेदारी हुन सक्ने देखिन्छ,लामो र सफल यात्राको सम्भाबना देखिन्छ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
रोकिएका कामहरु क्रमश फत्ते हुदै जानेछन,काम बिगार्ने तत्वहरु बाट साबधान रहनु पर्ने अवस्था छ,गोपनियता कायम गर्नुहोला,शत्रु परास्त गर्न सकिनेछ,आफन्त संगको भेटघाटमा समय व्यतित हुनेछ भने प्रेममय दिन रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पढाइ लेखाइमा मन लाग्नेछैन,साहित्यिक पाटो संतोषजनक नरहला,खानपानमा आउने असाबधानिले पेट संग सम्बन्धि समस्या देखिन सक्छ,सन्तान तथा शिश्यहरुबाट यथेष्ट सहयोग मिल्नेछ,प्रगतिकोलागि धैर्यता आबस्यक देखिन्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
आफ्नो हिसाबमा अगाडी बढ्न मन लाग्नेछ,असाबधानिले स्वास्थ्यमा केहि प्रतिकुलता देखिन सक्छ, मान्यजनको सल्लाह सुझाब अप्रिय लाग्नेछ, सामाजिक मान प्रतिष्ठा बढ्नेछ,कृषि तथा पशु व्यवसायमा भने लाभ मिल्नेछ।
आफ्नो हिसाबमा अगाडी बढ्न मन लाग्नेछ,असाबधानिले स्वास्थ्यमा केहि प्रतिकुलता देखिन सक्छ, मान्यजनको सल्लाह सुझाब अप्रिय लाग्नेछ, सामाजिक मान प्रतिष्ठा बढ्नेछ,कृषि तथा पशु व्यवसायमा भने लाभ मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पराक्रम बढ्नेछ,साहसिक काम गर्ने रुची बढ्नेछ,बाद्बिबाद्मा अल्झिन परेता पनि जित तपाइकै हुने देखिन्छ,नंया साथीहरु संग भेटघाट र रामाइलो गर्ने अवसर मिल्नेछ,सामाजिक तथा राजनीतिक रुपमा दिन सफल रहनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
धन आर्जनको अवसर मिलेता पनि संचय गर्न नसकिएला,आफन्त तथा साथि भाइको सहयोगले मनोबल बढ्न जानेछ भने काम गर्ने हौशला मिल्नेछ,सर-सापतिको काम भने नगर्नुनै उचित देखिन्छ,चोटपटक को भय देखिन्छ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
सुधारोन्मुख समय रहनेछ,रोकिएका काम बन्नेछन् भने छरिएर रहेका सम्पतिहरु संकलन हुनेछन,नंया कामको अवसर जुट्नेछ,भोज भतेर र सभा समारोहमा सरिक भई मिष्ठान्न्न भोजन गर्ने अवसर जुट्नेछ,टाढिएका व्यक्ति नजिकिने छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
खर्च तथा बिबाद बढ्नेछ,दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,बैदेशिक यात्राको अवसर जुट्नेछ,आम्दानि भन्दा खर्चको मात्रा बढ्नाले असहज महसुस हुन सक्छ,सरकारी काममा दुख पाइएला,आफन्त बाटामा टाढिनु पर्ने हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
ब्यबासायिक पाटो दरिलो बन्नेछ,प्रेम प्रसंगमा मिठास आउनेछ,बिना परिश्रम सफलता हातलाग्न सक्छ, दिर्घकालिन असर पर्ने योजना हरु बन्नेछन,उपहार तथा पुरस्कार हात लाग्नेछन,दिन निकै रोमान्चक रहनेछ।
Post a Comment