जन्म बार अनुसारको फल

मानिसको जन्म बार अनुसार  स्वभाब र फल  फरक फरक हुन्छ,
आउनोस् जानकारी  लिनुहोस् कुन बारमा जन्मदा के फल मिल्छ?

१, रबिबार (आइतबार) जन्मफल 
रबिबार जन्मने व्यक्ति गुलियो पदार्थ मन पराउने मान सम्मानको बढी चाहना राख्ने,रिस बढी भएको,मैथुन(शारीरिक सम्पर्क) गर्न बढी इच्छा गर्ने,पित्त प्रकृतिको,धेरै धन कमाउने इच्छा राख्ने,प्रतापी,र तेजयुक्त हुन्छ 
२,  सोमबार जन्मफल 
सोमबार जन्म हुने व्यक्ति भोग विलासमा रुची बढी राख्ने,कामुक,शास्त्र जान्ने,बौद्धिकता अधिक भएको,अबगुण कम भएको,लोकले मान्ने,आफ्ना इन्द्रियहरुलाईलाइ वशमा राख्न सक्ने,ठुलो विद्वान,शिलवान(शालीन) प्रबित्तिको हुन्छ,कफ प्रकृत्तिको, छिटो भाबुक बन्ने स्वभाब रहन्छ ।

३,  मंगलबार जन्मफल 
मंगलबार जन्म हुने व्यक्तिहरु शाहसिक काम गर्ने किसिमको,डरलाग्दो,धनी,क्रोधले युक्त,रिस छिटो आउने,धर्म भन्दा ठुलो कर्म हो भन्ने भाबना भएको,स्वाभिमानी,कसैसंग पनि नझुक्ने,नास्तिक,वेदको निन्दा गर्ने, भोगविलास गर्नुपर्ने,प्राबिधिक तथा स्वास्थ क्षेत्रमा श्रेष्ठ हुनेछ।

४, बुधबार जन्मफल
बुधबार जन्मने व्यक्ति बेदादी शास्त्रमा ज्ञान भएको,बेद बिहित कर्म गर्ने,कर्मठ,दयावान,सबैको कुरालाई मनन गर्ने मित्रभाबले अभिप्रेरित,छिटो र धेरै डराउने,योग शास्त्रमा ज्ञान भएको,ब्यापारिक ज्ञान भएको,ढिलो प्रबृत्ति भएको हुन्छ।


५,  बिहिबार जन्मफल 
बिहिबार जन्मने व्यक्ति शास्त्रमा पारंगत,बुद्धि बिबेकले पूर्ण,देव-गुरु-अग्नि-मान्यजनको श्रद्धा गर्ने धन-धान्यले युक्त,सन्तान सुखले पूर्ण,समाज र जनताको प्रिय,ज्ञानले परिपूर्ण,विद्वान हुनेछ.।

६, शुक्रबार जन्मफल 
धनि,विलाशी,भोगी,शुरबीर,अरुमा दयाभाव राख्ने,धेरै नोकर चाकर र अनुयायीले युक्त,बेदादी शास्त्र र शस्त्रास्त्र सम्बन्धि ज्ञानले युक्त र दैविक तत्वलाई जान्ने वाला हुन्छ ।
७, शनिबार जन्मफल
शनिबार जन्मने व्यक्ति नीचस्थ काममा मन लागाउने,छिटो रिसाउने,रिसाएको बेलामा डरलाग्दो ब्यबहार देखाउने,आफन्तलाई दुख दिने,राम्रा कामहरुलाई नाश गर्ने खराब काम प्रति अभिप्रेरित हुने किसिमको हुन्छ। स्रोत:- #लग्नचन्दिका 

माथि उल्लेखित फल जन्मकुण्डली बाट ३,६,१०,११ स्थानमा शनि भएमा पूर्ण रुपमा घटित हुन्छ वा लागु हुन्छ।
यदि व्यक्तिको कुण्डलीमा उपचय(३,६,१०,११)स्थान भन्दा अन्य स्थानमा बार अनुसारका ग्रहहरु छन् भने यो फल पूर्ण रुपमा लागु नहुन पनि सक्छ यस्तो कुरामा ज्योतिषीले बिचार गरेर फल बताउनु पर्दछ।





Share this article :
 

Post a Comment