जेष्ठ २६ गतेको राशिफल
वि.सं.२०७२ साल जेठ २६ गते मंगलबार,
इ स २०१५ जुन ९ तारिख,
नेपाल संवत् ११३५ तछलागा
आषाढ कृष्णपक्षको सप्तमी तिथि दिउँसो १०:५७ बजे सम्म उप्रान्त अष्टमी,
शतभिषा नक्षत्र अपराह्न २:४१ बजे सम्म उप्रान्त पूर्वभाद्रपदा
विष्कम्भ योग दिउँसो १:४६ बजे सम्म उप्रान्त प्रीति,
ववकरण दिउँसो १०:५७ बजे सम्म वालव बेलुकी ९:४३ बजे सम्म उप्रान्त कौलव,
आनन्दादियोगमा मा मृत्यु योग,
चन्द्रमा कुम्भ राशिमा,
काठमाडौंमा सूर्योदय ५:०९ बजे सूर्यास्त ६:५७ बजे
दिनमान ३४ घडी २९ पला।
इ स २०१५ जुन ९ तारिख,
नेपाल संवत् ११३५ तछलागा
आषाढ कृष्णपक्षको सप्तमी तिथि दिउँसो १०:५७ बजे सम्म उप्रान्त अष्टमी,
शतभिषा नक्षत्र अपराह्न २:४१ बजे सम्म उप्रान्त पूर्वभाद्रपदा
विष्कम्भ योग दिउँसो १:४६ बजे सम्म उप्रान्त प्रीति,
ववकरण दिउँसो १०:५७ बजे सम्म वालव बेलुकी ९:४३ बजे सम्म उप्रान्त कौलव,
आनन्दादियोगमा मा मृत्यु योग,
चन्द्रमा कुम्भ राशिमा,
काठमाडौंमा सूर्योदय ५:०९ बजे सूर्यास्त ६:५७ बजे
दिनमान ३४ घडी २९ पला।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्व
भेटघाटमा समय बित्नेछ,सहयोगी हरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा
बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा केहि सुधार आउनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी
गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने
देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण
भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको
कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोग का
साथै बिस्वासघात हुन सक्छ,रिस बढ्नाले
काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नु पर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम
सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको
सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा निकै सफलता हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर
आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ,बिपरित लिंगी संग
साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ
।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची
बढ्नु को साथै त्यस्ता कार्यक्रम हरुमा सहभागी भइएला,सन्तानको उन्नतिमा मन
रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न
सक्ने अवस्था छ, पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ.आफन्त संग झैँ-झगडा हुन सक्ने
देखिएकाले बिबाद बाट टाढा रहनु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
। मनोरंजानात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न बोजन संगै रमाइलो यात्राको अवसर
जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक उर्जाको बिकास
हुनेछ,सहोदरमा खटपट आउन सक्छ ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत
रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ
उठाउन सक्ने अबस्था आउनेछ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
निकै उत्साह जनक दिन रहनेछ,पुराना साथी संगको भेट घाटले
नंया उर्जाको प्रबाह हुनेछ,आर्थिक कारोबारमा उल्लेख्य सुधार आउनेछ,प्रितिकारक समय
रहनेछ भने मनोरन्जनात्मक रुपमा समय व्यतित हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त
संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ भने हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले
फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ।
Post a Comment