आजको पंचांग
वि.सं.२०७२ साल साउन ४ गते सोमबार,
इ स २०१५ जुलाई २० तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :इ स २०१५ जुलाई २० तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्ल पक्षको चतुर्थी तिथि,बिहान ११:५ बजेसम्म उप्रान्त पंचमी ,
पुर्बफाल्गुनी नक्षत्र बेलुकी ११:३ बजेसम्म उप्रान्त उत्तरफाल्गुनी,
बरियान योग रात्रि ११:२५ बजेसम्म उप्रान्त वारियान,
भद्रा करण बिहान ११:०५ बजेसम्म,बब बेलुकी १२:०३ बजेसम्म उप्रान्त बालब ,
आनन्दादियोगमा ध्वज योग,
चन्द्रमा सिंहराशिमा,
काठमाडौंमा सूर्योदय ५:२० बजे, सूर्यास्त ६:५९ बजे
चन्द्रमा सिंहराशिमा,
काठमाडौंमा सूर्योदय ५:२० बजे, सूर्यास्त ६:५९ बजे
दिनमान ३४ घडी ७ पला
©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी
©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skyp:- online.jyotish1
गुरु तथा मान्यजन संगको सामिप्यता बढ्नेछ,बौध्धिक कार्यबाट उच्चतम सफलता हात लाग्नेछ,पढाइ लेखाइमा सुधार आउनेछ,जग्गा जमिन र मेसेनेरी बस्तु संगको व्यवसायमा प्रगति हुनेछ, पेट सम्बन्धि समस्या देखिन सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
आफन्त संग मनमुटाब हुन सक्नेछ,अरुको सल्लाह लिने मनसाय घटनाले काममा आफन्तको सहयोगमा कमि आउन सक्छ,सवारी साधनबाट घाटा व्यहोर्नु पर्ने देखिन्छ,अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पराकम बढ्ने दिन छ,साहसिक कार्यमा मन लाग्नेछ,सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ, पठन पाठनको क्षेत्रमा सुधारको संकेत देखिनेछ,मित्रजन संगको भेटघाटमा मन रमाउनेछ,बोलीमा केहि कमजोरी आउनाले बिबादको सिर्जना हुन सक्छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
पारिवारिक झन्झटबाट केहि राहत मिल्नेछ,धन संचय गरिनेछ भने बहुमुल्य रत्न तथा आभूषणको जोरजाम गरिएला,बोलीको प्रभाव बढ्नाले टाढाको व्यक्तिलाई पनि सजिलै आफ्नो बनाउन सकिनेछ,मिष्ठान्न भोजनको अवसर जुट्नेछ,रमाइलो यात्रा हुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
रोकिएका काममा सुधारको लक्षण देखिनेछ,हतारमा गरिएका निर्णयले काममा बिध्न आउन सक्छ,आम्दानिका नंया स्रोतहरु भेटिनेछन,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,साबधानी पूर्ण तबरले काममा लागे प्रशस्त लाभ मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आम्दानिको तुलानामा खर्च अत्याधिक बढ्नाले मनमा चिन्ता छाउनेछ,घरायसी समस्याले सताउने छन भने पति पत्नी बिचमा तनाबको अबस्था आउन सक्छ,नोकर तथा सन्तान बाट खर्च बढ्नेछ, अरुको कारण अपजस पनि आइलाग्ने सक्ने सम्भाबना देखिन्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
नंया लगानिका क्षेत्रहरु भेटिनेछन्,आम्दानीका बाटोहरु खुल्न थाल्नेछन,कीर्तिमानी काम गर्ने अवसर मिल्नेछ,मन सम्मान मिल्नेछ भने मिठास पूर्ण यात्राको अवसर पनि मिल्ने देखिन्छ, बिपरित लिंगी संगको सम्बन्धमा सुधार आउनेछ,अरुको बिस्वास जित्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
राजनीतिक र सामाजिक कार्यमा रुची बढ्नेछ,काम गरे अनुरुप प्रतिफल हात लाग्नाले जोश र जाँगरमा उल्लेख्य वृद्धि हुनेछ,माता पिता संगको सहयोगमा ठुला काम फत्ते गरिनेछन,नोकरीमा पदोन्नती प्राप्त हुनेछ भने राज्यबाट विशिष्ट सम्मान मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
धार्मिक कार्यमा रुची बढ्नेछ,भगवान तथा मान्यजनको सेवामा समय व्यतित हुनेछ,सहि समयमा निर्णय लिन नसक्दा हात लागेको काम फुत्कन सक्छ,कानुनि अड्चन आइलाग्न सक्छ भने आकस्मिक जरिवाना तिर्नु पर्ने पनि हुनसक्छ ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
दिन कष्टकर हुन सक्छ,बिचार पुर्बक अगाडी बढे मात्र केहि सफलता हात लाग्न सक्लान,आफन्त संग झैझगडा हुन सक्छ भने रिसले आफैलाई नोक्सानी गर्नेछ,अनाबस्यक खर्च बढ्ने देखिन्छ, गणेश भगवानको आराधना गरे केहि शुभफल हात लाग्नेछ।
दिन कष्टकर हुन सक्छ,बिचार पुर्बक अगाडी बढे मात्र केहि सफलता हात लाग्न सक्लान,आफन्त संग झैझगडा हुन सक्छ भने रिसले आफैलाई नोक्सानी गर्नेछ,अनाबस्यक खर्च बढ्ने देखिन्छ, गणेश भगवानको आराधना गरे केहि शुभफल हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
प्रतिस्पर्धामा सफलता हात लाग्नेछ,व्यपार व्यवसाय र प्रेम सम्बन्ध तथा मित्रतामा सकारात्मक प्रतिफल मिल्नेछ,आम्दानीका बाटोहरु खुल्नेछन्,सामाजिक र राजनैतिक मान सम्मानमा वृद्धि हुनेछ,रमाइलो यात्राको सम्भावना देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
खानपानमा असावधानी हुन जादा स्वास्थ्यमा कमजोरी देखिनेछ,आफ्नो कला र प्रतिभा देखाउने अवसर मिल्नेछ,शत्रु पक्ष बलियो भएता पनि चतुर्याई पूर्ण तरिकाले जित हासिल गर्न सकिनेछ, प्रयत्न गरे कामामा निकै ठुलो सफलता हात लाग्नेछ ।
Post a Comment