©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
सुरुवातमा चोटपटकको भय देखिन्छ सजग रहनु होला,धार्मिक रुची घट्नेछ भने उत्छ्रिंन्खल कार्यमा मन बहलिनेछ,बोलिको असाबधानिका कारण कानुनि अड्चन तथा सामाजिक लफडा पर्न सक्छ,मुद्दा मामिलाको झन्झटलाई पनि नकार्न सकिन्न, बिद्वद वर्ग संगको सम्बन्धमा निकटता देखिनेछ,आर्थिक अबस्थामा सुधारको लक्षण देखिन्छ,कृषि जन्य ब्यबसाय र पशुधनको संरक्षण गरिनेछ,पुराना समस्या ब्युतिन सक्ने पनि देखिन्छ,पढाई लेखाइ र साहित्यिक लेखनमा भने निराशाजनक अबस्था रहला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
साताको सुरुवातमा आफन्त संग मनमुटाब हुनेछ,स-साना कुरामा अल्झनु पर्ने छ भने ठुला उपलब्धि मिल्ने काममा समय दिन नसकिने देखिन्छ, झैँ-झमेला र मुद्दामामिलाको समस्या बढ्नाले समय त्यसै बित्न सक्ने देखिन्छ,धैर्यता र सहनशिलतालाई बढाएर काममा लागे सफल हुन सकिएला,मंगलबार देखि समय सुधारोन्मुख रहनेछ,सानो परिश्रममा पनि काम फत्ते गर्न सकिनेछ,ब्यबसायमा सफलता हात लाग्नेछ,प्रणय सम्बन्धमा सुधार आउनेछ,मन परेको बस्तु उपहार स्वरूप मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
सुरुवात केहि फलदायी रहनेछ,नंया बाहन तथा विलासिताको सामानको प्राप्ति हुन सक्ने देखिन्छ,शत्रु पक्ष सबल देखिएता पनि परास्त गर्न सक्ने शक्ति बलियो रहदा खासै घाटा लाग्ने छैन, बैबाहिक सम्बन्धमा केहि नि:रसता देखिन सक्छ भने प्रेम सम्बन्धमा सुधार आउनेछ,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,घुम फिर र मनोंजानात्मक काममा समय व्यतित हुनेछ,बुधबार र बिहिबार समय खासै बलवान देखिन्न,साताको अन्त्यमा भने सामाजिक र राजनैतिक अबरोध बाट पार पाइनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
स्वास्थ्यमा क्रमिक सुधार आउनेछ,पढाइ लेखाइमा लागेको गतिमा कमि आउन सक्छ,धन आर्जन तिर मन बढ्नाले शैक्षिक उन्नतिमा अबरोधको सिर्जना गराउनेछ,दुर्घटना आदिको भय अझै यथावत रहने देखिन्छ,ब्यापारिक साझेदारी हुन सक्ने समय देखिएता पनि सहि निर्णयको कमीमा फल प्राप्तिमा बिलम्ब हुन सक्नेछ, लेनदेनमा कमजोरी देखिन्छ,साताको अन्त्यमा आर्थुक पाटो खस्कनु को साथै मुद्दा मामिलाको झन्झटले उन्मुक्ति दिन नसक्ला,धार्मिक यात्राको सम्भावना देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
साता मध्यम फलदायी रहनेछ,सुरुवातमा साहसिक काममा सक्रिय रुपमा लागिनेछ,धनार्जनको साथै बहुमुल्य रत्नहरुको संचिति गरिनेछ,आफन्त संगको सम्बन्ध सामान्य रहनेछ,क्षणिक लाभ उठाउन सक्रिय आफन्तहरुको संख्या बढ्न सक्ने देखिन्छ,सहयोग निकै गरिएता पनि जश भने पाउन निकै गार्हो होला,भोज भतेर तथा सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,साताको अन्त्यमा खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ,बिस्वासिला भनिएकाहरुबाट बिस्वास्घात हुन सक्ने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
साहसिक र कठिन काममा सक्रियता बढ्नेछ,संचित गरि राखेका सम्पत्तिमा आफन्तको खराब दृष्टि लाग्न सक्छ,काम बिगार्ने तत्वहरु सक्रिय रहनाले गोपनियता अपनाउनु पर्ने आबस्यकता देखिन्छ,पुराना साथि संगी संग भेट घाट गर्ने अबसर जुट्नाले मनमा आनन्दको अनुभूति आउनेछ,मिष्ठान्न भोजनको अवसर जुट्नेछ,दाजुभाइ र आफन्त संगको सम्बन्धमा साताको अन्त्यमा कमजोरी आउन सक्ने देखिन्छ,सस्थागत उन्नतिमा तपाइको परिश्रम अत्यन्त सह्रानीय देखिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
साता निकै फलदायी रहनेछ,सुरुवातमा पारिवारिक समस्याले केहि समस्या दिएता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ,जग्गा जमिन र अचल सम्पत्ति बाट झन्झट बढ्नुको साथै दुख गरे अनुरुप जश पाउन नसकिएला,मंगलबारबाट काम बन्नेछ भने,पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता बढ्नाले काममा निकै सफलता मिल्नेछ, सप्ताहान्तमा रत्न तथा गर-गहनाको आर्जन गरिनेछ,फसेका सम्पत्ति मध्य केहि हात लाग्नेछन।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
साता फलदायी रहनेछ,सुरुवातमा आम्दानीका श्रोत हरु बढ्नेछन भने आर्जित धन को सदुपयोग गर्न सकिनेछ,खेलकुद तथा अन्य मनोरन्जनात्मक क्षेत्रमा गिएका लगानी र खर्चित समय ले उचित फल प्रदान गर्नेछ,आफन्त तथा साथि भाइको सहयोग र सदभाब मिल्नेछ,राजानिक र सामाजिक रुपमा पनि सातालाई उत्तम मान्न सकिन्छ,सामुहिक नेतृत्व गर्दै सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,साताको अन्त्य तिर भने सहि निर्णय लिन नसक्दा आइलागेका प्रतिफल गुम्न सक्नेछ,टाउको तथा आखा सम्बन्धि समस्याले सताउन सक्छ,सामान्य चोटपटकको भय पनि रहनेछ,निकै चनाखो रहनु होला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
साता मध्यम फलदायी रहनेछसाताको सुरुवातमा बिबाद तथा खर्च बढ्नेछ, दाम्पत्य सम्बन्धमा कमजोरी आउनुको साथै आफन्त बाट अपमानित हुनपर्ने हुनसक्छ,राम्रै सहयोग गर्दा पनि अपजसको सामना गर्नु पर्नेछ,मंगलबारदेखि काममा सफलता मिले संगै मनमा सन्तुष्टि छाउनेछ, बिपरित लिंगी संगको सम्बन्धमा आलोचना बढ्नेछ,लेनदेनमा चनाखो रहनु होला,धनको मामिलामा निकटस्थ सम्बन्धमा कमजोरी आउने देखिन्छ, साताको अन्त्य तिर मनपरेको बस्तु उपहार स्वरूप प्राप्त हुनेछन,दाजु भाइको सम्बन्धमा सुधार आउनेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
आम्दानीका नया श्रोतहरु फेला पर्नेछन,रमाइलो यात्रा तथा धार्मिक भ्रमणको सम्भाबना देखिन्छ,काममा लगनशीलता बढेर जानेछ भने उच्चतम सफलता हात पार्न सकिनेछ,ठुला व्यक्ति संगको सामिप्याताले मनलाई प्रफुल्लित बनाउनेछ, बोलीको प्राभाब बढ्नेछ,साथै बौध्दिकतामा पनि निखारता छाउने समय देखिन्छ, मंगलबार र बुधबार केहि अप्रिय घटाना घट्न सक्छ,साताको अन्त्य तिर मिष्ठान्न भोजन र साथि संगी संग भेटघाटको अवसर मिल्ने देखिन्छ, नया निर्णय लिनको लागि साताको अन्त्य हितकर रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
साताको प्रारम्भ प्रगति मुलक र अन्त्य मनोरन्जानात्मक हुनेछ,भने मध्य अवस्था खासै सफलता मुलक हुने देखिन्न,सुरुमा नंया जागिरको प्राप्ति तथा गरि रहेको काममा अझै ठुलो सफलता हात लाग्नेछ,राज्यले तपाइको भरोशा गर्नेछ,मंगलबार र बुधबार अनाबस्यक झन्झट आइलाग्न सक्छ,मानसिक चिन्ता बढ्नाले गरेका कमाम बिबादित रहनु पर्ने हुन सक्छ,दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,बिहिबार देखि सुखमा रमाउन सकिनेछ,काम र स्वास्थमा सुधार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
सामाजिक प्रतिनिधि भएर सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेछ,सहयोग,पुरस्कार र हौशला जस्ता कुरा हरुमा बृध्दि हुनेछन,बिग्रिएका सम्बन्धहरूमा सुधारको महसुस हुनेछ,माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ,कुल कुटुम्बले तपाइको भरोशा गर्नेछन,बिदेशी सहयोग प्राप्तिको योग पनि देखिन्छ,साताको अन्त्यमा केहि असहज परिस्थितिको सामना गर्नु परेता पनि घर बाहिर रहेर गरेका काममा निकै सफलता हात लाग्ने देखिन्छ।
Post a Comment