राशिफल यो साताको भाद्र २६-आश्विन २



साताको राशिफल भाद्र २६- आश्विन २ सम्म




©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
 दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७

                             
मेष (चुचेचोलालिलुलेलोअ) Aries :
मेष राशिको लागि यो साता मिश्रीत फलकारक रहनेछ, साताको सुरुवातमा पढाई लेखाइमा रुची  घटेर जाने समय छ,मनमा बिबिध प्रकारको चिन्ताले सताउने छ,शत्रु पक्षले तपाइको कमजोरी खोतल्दै  काममा ब्यबधान ल्याउन सक्ने देखिन्छ,कार्य सफलताको लागि निकै चनाखो र गोपनियता साथ लाग्नु पर्ने समय छ,बुधबार र बिहिबार ब्यापारिक प्रयोजन र साथी संगी संगको भेटघाटको लागि शुभ फल दायक देखिन्छ,नया बाहन प्राप्तिको अवसर पनि देखिन्छ, साताको अन्त्यमा भने दुर्घटनाको भय संगै संचित धनमाल चोरी हुने तथा  हराउन सक्ने सम्भाबना देखिन्छ।

वृष (इवाविवुवेवो) Taurus :
वृष राशिको लागि यो साता केहि फाइदा जनक नै देखिन्छ, साताको सुरुमा अस्वस्थता देखिनु को साथै रिस बढ्नेछ, तपाइको आफ्नै कमजोरीले आफन्त तथा बन्धुजन संगको सम्बन्ध बिग्रन सक्छ,मंगलबार पछिको समयमा भने क्रमशः सुधार आउनेछ,प्रेम सम्बन्ध अझै प्रगाढ हुनेछ,पुराना साथि संगी संगको भेटघाटमा समय व्यतित हुनेछ,ब्यापारिक व्यक्तिहरुको लागि निकै फाइदा कारक समय रहनेछ, सन्तानले माया तथा शुख प्रदान गर्नेछन,साताको अन्त्यमा लामो दुरीको यात्रा सम्भाबना पनि देखिन्छ,पढाइ लेखाइ भन्दा मनोरन्जनात्मक कार्यमा समय व्यतित हुने देखिन्छ 




मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
नया मित्र संगको सामिप्याताले पारिवारिक सम्बन्धमा सुमधुरता छाउनेछ,मनमा आट र भरोसा बढ्नेछ भने काम गर्ने शक्तिको उच्चतम बिकास हुने समय छ,बिग्रिएको दाजुभाइको सम्बन्धमा सुधार देखिनेछ,मातापिताको स्वास्थ्यमा आउने खराबीले केहि चिन्ता दिलाउन सक्छ,सोमबार देखि बिहिबार सम्मको समय यात्राको लागि खासै राम्रो देखिन्न,बिशेषत आफ्नै साधन प्रयोग गर्नेहरुको लागि दुर्घटनाको सम्भावना देखिन सक्छ,साताको अन्त्यमा भने पढाइ लेखाइमा केहि मन जाने देखिन्छ,बिपरित लिंगी संगको सम्बन्धमा रुची बढे संगै खर्च बढाउन सक्छ । 



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
संचित गरेको धनमालको क्षय हुन सक्ने समय छ,आफन्त जनबाट खासै सहयोगको अपेक्षा नराख्नु होला,कनिष्ठ व्यक्तिको लागि समय खर्चिनु परेता पनि तदनुरूप जश भने पाउन कठीन होला,नोकारिमा भने उच्चपद प्रतिष्ठा प्राप्ति हुने तथा ठुला व्यक्तिको बिस्वास जित्न सकिनेछ,लेनदेनको लागि खासै उत्कृष्ट समय देखिन्न, बुधबार देखि परोपकारी भाबना बृध्धि हुनेछ भने मान सम्मानको प्राप्ति पनि हुने देखिन्छ,बिध्यार्थी बर्गको लागि साताको उत्तरार्ध केहि फाइदा जनक र पढाइमा गति लाग्ने समय रहनेछ, नया जोडीको लागि प्रेममय समय र नया सन्तान प्राप्तिको लागि उत्कृष्ट समय देखिन्छ।




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :

सिंह राशिका व्यक्तिहरुको लागि साताको पुर्बार्ध फलदायी रहनेछ,मनमा प्रशन्नता बढ्नेछ भने काम गर्ने जोश र जागर बढ्नेछ, पढाइ लेखाइमा ध्यान केन्द्रित भए संगै बौध्दिकता तिखारिने समय छ,प्रतिष्पर्धामा बिजयी भइनेछ, कलाकारिता र मनोरन्जनात्मक क्षेत्रमा लाग्ने ब्यक्तिहरुको लागि उन्नति कारक र फलदायी समय रहने देखिन्छ,ब्यापार ब्यबसाय खासै फस्टाउन नसकेता पनि बैदेशिक यात्रा सफल र आर्थिक रुपमा फाइदा जनक नै देखिनेछ,साताको अन्त्यमा पेटको समस्याले सताउने सम्भाबना पनि देखिन्छ भने माता पिता संगको सम्बन्धमा कमजोरी आउन सक्ने वा परिवार भन्दा बाहिर बस्नु पर्ने समय आउनेछ,यात्रामा चनाखो रहनु होला।




कन्या (टोपापिपुपेपो) Virgo :
कन्या राशिका व्यक्तिहरुको लागि साताको सुरुवातमा आर्थिक कमजोरीले पिरोल्न सक्ने तथा लामो र कष्टकर यात्राको सम्भाबना देखिन्छ,सोमबारबाट भने केहि सुधार संगै आत्मबल दरिलो बनेर आउनेछ,आफन्त तथा इष्टमित्रको सर-सहयोग मिल्नेछ,कार्यगत जोश जागर बढ्नेछ,बिपरित लिंगी संगको सम्बन्ध निकै घनिष्ट बन्नेछ, साहसिक कार्यमा रुची बढ्ने समय देखिन्छ,तर दुर्घटनाको सम्भाबना पनि देखिएकाले अत्यन्त चनाखो रहनु पर्नेछ,पारिवारिक सदस्यको स-साना समस्याले महत्वपूर्ण काम ओझेलमा पर्न सक्छन,सकारात्मक सोचका साथ अगाडी बढ्नु सफलातामुखी हुनेछ



तुला (रारिरुरेरोतातितुते) Libra :  
आम्दानीका बाटाहरु निस्कृय बन्नेछन भने आफन्त संग मनमुटाब हुन सक्ने समय छ, मनमा विभिन्न किसिमका चिन्ताले सताउनेछन्,नाक कान घाटी सम्बन्धि समस्याले सताउने समय छ,खानपान र यात्रामा निकै साबधानी रहनु होला,बुधबार पछी स्वास्थ्यमा सुधार आउनेछ,रोकिएका धन हात लाग्ने र पारिवारिक माहोल सुमधुर बन्नेछ,दाम्पत्य सम्बन्धमा केहि तिक्तता आउने समय छ,साताको अन्त्यमा धनमाल संचय गरिने तथा अचल सम्पतिको जोरजाम गरिनेछ,बिशेष महिला गृहिणीहरुको लागी निकै रमाइलो समय रहने देखिन्छ।


वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
नया नोकरी प्राप्ति हुने तथा गरि रहेको काममा पदोन्नती हुने उचित समय रहेकोले काममा दृढ भएर लाग्नुहोला, तपाइको परिश्रमको उचित मुल्यांकन हुने समय आएको छ,आकस्मिक धनमाल हात पर्नेछ भने प्राप्त सम्पत्तिको उचित ब्यबस्थापन गर्न सकिनेछ,सन्तान तथा सेवक वर्गबाट प्रशस्त सहयोग मिल्नेछ,लामो र सुखमय यात्राको सम्भाबना पनि देखिन्छ, भोज भतेरमा सरिक भई रमाइलो गर्न पाइनेछ,साताको अन्त्यतिर स्वास्थ्यले भने खासै साथ दिन नसक्ने देखिन्छ,पति पत्नी बिचको सम्बन्धमा कमजोरी आउन सक्ने तथा मनमुटाब हुने देखिन्छ,ससुराली पक्षबाट भने आकस्मिक रुपमम सहयोग मिल्ने देखिन्छ।


धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
धार्मिक कार्यमा सरिक भईनेछ भने उच्च व्यक्तिहरुको भरोसा तपाइँ प्रति बढ्नेछ, मनमा सकारात्मक सोचको बिकाश हुनेछ,किनमेलमा रुची बढ्नेछ,साथै उपहार तथा पुरस्कार प्राप्ति हुने सम्भाबना पनि देखिन्छ,राज्यबाट तपाईलाई बिशेष जिम्बेवारी प्रदान हुन सक्छ,बिशेष क्षेत्रको वा समुहको प्रतिनिधित्व गर्दै सभा सम्मेलनमा सरिक हुन पाइने समय छ,मिठास पूर्ण भेटघाट र खानपानको अवसर पनि जुर्ने देखिन्छ,साताको अन्तिममा हरियार र सवारीसाधन बाट चोटपटकको भय देखिन्छ चनाखो रहनु होला।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
खर्च तथा बिबाद बढ्नेछ,आर्थिक खति वा जरिवाना तिर्नु पर्ला,रिस बढ्ने तथा सोचन शक्तिमा कमि आउनाले साताको सुरुवात निकै तनाबमा बित्ने देखिन्छ, मंगलबार बाट धार्मिक कार्यमा मन लागे संगै आनन्दको अनुभूति हुनेछ, पारिवारिक स्वास्थमा भने अझै कमजोरी आउन सक्ने समय छ,बुधबार देखिकोसमय प्रगति कारक र फाइदाजनक रहनेछ,साथि भाइ र आफन्तको सहयोग र भरोशा बढ्नेछ, नोकरीमा सहजता छाउने र केहि फुर्सदको आभास गर्न पाइनेछ,पढाइ लेखाइमा भने यो साता खासै उपलब्धि हुन सक्ने देखिन्न,नया ब्यबसाय सुरु गर्नको लागि साताको अन्त्य तिरको समय राम्रो रहनेछ



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
साताको पुर्बार्धमा दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,रिस बढे संगै खराब सोचको बृध्दि हुने समय रहेकाले दिर्घकालिन असर पार्ने खालका निर्णय नलिनु बुध्दिमानि हुनेछ,दाजु भाई र साथि संगी संगको सम्बन्धमा भने बुधबार देखि केहि सुधार आउने देखिन्छ, मुद्दामामिला र जरिवाना तिर्नु पर्ने हुन सक्छ,धार्मिक भाब बढेता पनि ब्यबाहारिक पक्ष निकै कमजोर हुन सक्ने देखिएकाले यो साता ठुलो निर्णय लिनु उचित देखिन्न,साताको अन्त्यमा भने मनमा केहि प्रशन्नता मिल्ने र काममा रुची बढेर जाने देखिन्छ,धार्मिक यात्राको सम्भाबना छ,मनोरन्जनात्मक काम र समारोहमा सहभागी रहनु होला।


मीन (दिदुदेदोचाचि) Pisces :
मीन राशिको लागि साता मध्यम फलदायी रहनेछ,सुरुमा शत्रु परास्त गर्न सकिनेछ, तपाईका कुरा काट्नेहरु प्रशंशा गर्न थाल्नेछन्, स्वास्थमा कमजोरी देखिएता पनि  मन परेको व्यक्ति संग रमाइलो घुमघाम गर्न पाइनेछ,प्रेम सम्बन्ध निकै सुमधुर बन्नेछ,साझेदारीमा गरिएका कामले सफलता संगै मान सम्मान र फाइदा पनि दिलाउनेछ,बैदेशिक यात्राको सम्भाबना देखिन्छ,बिहिबार बाट भने समय केहि खराब रहनेछ,गुप्त रोगले सताउन सक्नेछ भने आफन्त संगको सम्बन्धमा कटुता आउनेछ, झुटा आरोप आइलाग्नाले अनाबस्यक लफडामा अल्झिनु पर्ने हुन सक्छ।





Share this article :
 

Post a Comment