आश्विन महिनाको राशिफल २०७२



आश्विन महिनाको राशिफल 















©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७


                                        
मेष (चुचेचोलालिलुलेलोअ) Aries :
प्रेम र मित्रताको बन्धन कसिने समय छ,व्यापारव्यवसायमा राम्रै फाइदा हुनेछ,दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले शत्रुपक्षलाई तह लगाउन सकिनेछ,पठन-पाठनमा उन्नति हुनेछ,सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन्, महिनाभर पेटको समस्याले सताइरहन सक्छ, खानपानमा सजग रहनुहोला,महत्वपूर्ण काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला,ढाड वा जोर्नीको समस्याले सताउन सक्छ,आलस्य बढ्नाले उत्साहमा कमी आउला,प्रतिस्पर्धीहरूले भने तपाइँ संग हार खालान् र तपाईंलाई फाइदा पुग्नेछ।



वृष (इवाविवुवेवो) Taurus :
परिवारजनमा केही असमझदारी बढ्न सक्छ,चोटपटक वा ज्वरो जस्ता समस्या आउलान्,आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,घरजग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ, प्रतिष्ठित व्यक्तित्व सँग मित्रता बढ्नेछ,साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्,आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्ने र खराब व्यक्तित्वको संगतले मानसम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोस्, घरखर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ।



मिथुन (काकिकुकेकोहा) Taurus :
लामो समयदेखि रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ,तपाईलाई विभिन्न अवसरले पछ्याउनेछन्,मुद्दामामिला र कामका आइपरेका विविध झमेलाहरूबाट केही मुक्ति मिल्नेछ,नयाँ कामको सुरु होला,आर्थिक समस्या पनि केहि हदसम्म समाधान हुनेछ,शत्रुहरूलाई परास्त गर्न सकिनेछ, राजनीतिक पहुँच बढ्नेछ,भूमिलगायतका स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, दाजुभाइमा केही असमझदारी बढ्ने सम्भावना छ,समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ने हुन सक्छ,यसले सामाजिक प्रतिष्ठा कमजोर बनाउन सक्छ, सचेत रहनुहोला।



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :   
प्रयत्न गर्दा अप्ठ्यारा काम समेत सजिलै सम्पादन हुनेछन्,पराक्रम बढ्नेछ भने प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गरिनेछ,सामाजिक प्रतिष्ठा बढ्नेछ,शत्रु कमजोर हुनेछन्, प्रेम र मित्रताको बन्धन कसिने समय छ,व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ,पढाइ, लेखाई, संगीत र कलामा रुचि बढ्नुका साथै तपाईमा रहेका प्रतिभाको उचित कदर हुनेछ,महिनाको मध्य तिर धनमाल हराउने, चोरिने वा ठगीमा परिने समेत योग छ,अलि दृष्टिभ्रममा परिएला,आँखाको समस्याले सताउन सक्छ,विशेष पदमा बसेका र राजनीतिक पृष्ठभूमिका व्यक्तित्वबाट धोका हुन सक्छ, सचेत रहनुहोला।



सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
सिंह राशिको लागि यो महिना उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछ,भोगविलासमा मन रमाउनेछ,कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ,विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ, ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले सताउने देखिन्छ,जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला,तपाईंको कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान्,हातबाट अवसर फुत्कन सक्छ,परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, सचेत रहनुहोला।




कन्या (टोपापिपुपेपो) Virgo :
अनावश्यक दौडधुपमा समय बित्नेछ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,यात्रा र सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुपर्ने समय छ,खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ, विपरीत लिंगी र  केही हितैसी मित्रहरूले साथ दिनेछन् भने समयमा विचार नपुग्नाले मित्रजनबाट फाइदा उठाउन नसकिएला,आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ,लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला,कतिपय काममा गरिएको प्रयत्न व्यर्थ हुन सक्छ।



तुला (रारिरुरेरोतातितुते) Libra :  
समय राम्रै छ.मानसम्मानका साथमा प्रशस्तै आम्दानी हुने समय देखिन्छ,उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ,जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ,रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्,कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,तपाइले गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्,नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि सफलता मिल्ने समय छ,पारिवारिक सुखसन्तुष्टि र विलासितामा खर्च बढ्नेछ,उच्च महत्वाकांक्षाले केही अकल्पनीय नोक्सानीसमेत निम्त्याउन सक्छ,साबधान रहनुहोला।






वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ,राष्ट्रियस्तरको मानसम्मान पाइने समय छ,कीर्ति बढ्नेछ भने प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ,नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ, घरमा मांगलिक कार्यहरू सम्पादन हुनेछन्,प्रशस्त धनलाभ हुनेछ भने बहुमूल्य रत्नहरू संग्रह गर्न सकिनेछ,व्यापार तथा उद्योगतर्फ लगानी बढ्ने समय छ,कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ,तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन्,आफन्त तथा परिवारजनमा आत्मीयभाव बढ्नेछ,रमाइला ठाउँको भ्रमण गर्ने अवसर मिल्नेछ।




धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
यो महिना मिश्रित फलदायी रहनेछ,स्थायी सम्पत्ति बढाउन सकिनेछ,परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछ,दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ, महिनाको अन्त्य तिर घरजग्गाको विषयमा केही विवाद आउन सक्छ,बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ,गुरु तथा मान्यजनबाट पनि टाढिनुपर्ला,अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ,हातमा आएका केही अवसर गुम्न सक्छन्, सचेत रहनुहोला,अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ,धार्मिक काममा केहि बाधा व्यवधान होला।





मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
अस्वस्थता,काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला,महिनाभर पेटको समस्याले सताइरहन सक्छ, खानपानमा सजग रहनुहोस,शारीरिक शिथिलता वा आलस्य बढ्नुका साथै उत्साहमा कमी आउनेछ,प्रतिस्पर्धीहरूले तपाईंको स्थान हडप्न सक्छन्,राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ला,केही दण्डजरिवानाको सम्भावना छ, चोटपटक वा हाडजोर्नीमा समस्या देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुपर्ला, अनुसन्धानात्मक अध्ययनमा लाग्नेहरूलाई भने यो महिना फाइदाजनक रहनेछ।



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गरिने समय छ,व्यापार-व्यवसायमा पनि लगानी बढाउन सकिनेछ, खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्न सक्छ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ, स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ,घरखर्च बढ्नुका साथै व्यापारमा पनि केही मन्दी आउने देखिन्छ,महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्,समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ,मानसम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोस्।




मीन (दिदुदेदोचाचि) Pisces :
लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ,नयाँ उद्योग वा विशेष काम सुरु गर्ने उचित समय छ,आर्थिक समस्या पनि क्रमश समाधान हुनेछन,स्वास्थ्य सबल रहनेछ,सुखद समाचारले आनन्द पाइने योग छ,शत्रुहरूलाई जित्न सकिनेछ,आत्मीयजनसँग महत्वपूर्ण भेटघाट हुनेछ, स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउने समय छ,शत्रुबाधा,मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। राजनीतिक पहुँच बढ्नेछ,पारिवारिक सम्बन्ध भने अलि कमजोर बन्न सक्छ। आफन्तबाट टाढिएर बाहिर बस्नु पर्ने समय औअना सक्ने देखिन्छ,पतिपत्नीबीच समेत असमझदारी बढ्ने सम्भावना छ।

Share this article :
 

Post a Comment