२०७२ बैशाख ५ गतेको राशीफल

२०७२ बैशाख ५ गते
                                             
                                                ©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी                                                          M.A.(आचार्य) फलित ज्योतिष,                                                    B.A(शास्त्री)इतिहास पुराण ‪#‎नेसवि                                                                    दुर्गा ज्योतिष सेवा केन्द्र                                                                       माछापोखरी काठमाडौँ                                                                                 ९८५११७५०४७                                                                        skype online.jyotish1







आजको पन्चांग
  • वि.सं.२०७२ साल वैशाख ५ गते शनिबार,
  • इ.स. २०१५ अप्रिल १८ तारिख, नेपाल संवत् ११३५ चौलागा,
  • वैशाख कृष्णपक्षको अमावश्या तिथि, 
  • रात्रि १२:५० बजेसम्म उपरान्त वैशाख शुक्ल प्रतिपदा,
  • रेवती नक्षत्र, साँझ ५:३४ बजेसम्म उपरान्त अश्विनी,
  • ‍वैधृति योग, दिउँसो ११:१५ बजेसम्म उपरान्त विष्कम्भ,
  • चतुष्पद करण, दिउँसो १:५४ बजेसम्म नाग करण 
  •  रात्रि १२:५० बजेसम्म उप्रान्त किंस्तुघ्न,
  • आनन्दादियोगमा धाता योग,
  • चन्द्रमा मीन राशिमा,साँझ ५:३४ बजेपछि मेषराशिमा, 
  • काठमाडौंमा सूर्योदय बिहान ५:३९ बजे, सूर्यास्त साझ ६:९ बजे 
  • दिनमान ३२ घडी ०६ पला
  • पर्व मातातीर्थ औंसी,मातातीर्थमा स्नान गर्ने, आमाको मुख हेर्ने। 



 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : 
खर्चको क्रम यथावत रहला,गोपनियता लिएर काममा लग्न सके सफलता मिल्नेछ,मनमा मुर्ख बुद्धि आउनाले काममा बिध्न आउन सक्छ,विरोधीहरु सबल रहन सक्छन,चनाखो रहनु होला,सामाजिक चुनौतीलाई आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ला ।

 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
 परिश्रम अनुसार प्रतिफल प्राप्त हुनेछ,पढाइ लेखाइको क्षेत्रमा प्रगति हुनेछ,धन आर्जन गर्ने अवसर मिल्नेछ,यात्रा तथा भोज-भतेरमा सहभागी हुने अवसर मिल्नेछ,समग्रमा दिन सफल भएको अनुभूति हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
 पिता माता को सहयोग प्राप्त हुनेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,सामाजिक तथा सरकारी कार्य हरुमा सफलता मिल्नेछ,छिटै अरुको भरोसा जित्न सकिनेछ,यात्रा फलदायी देखिएता पनि दुर्घटनाको भयलाई नकार्न सकिन्न।


 कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
 मान्यजन संगको सम्बन्धमा सुधार आउनेछ,धार्मिक कार्यहरुमा रुची बढ्नेछ,काममा सफलता सहज नमिल्दा मनमा खिन्नता आउन सक्छ,सामाजिक र सेवामुलक कार्यमा सफलता मिल्नेछ,गुरु तथा मान्यजनको आशिर्बाद लिएर अगाडी बढ्नु होला। 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : 
नंया काम सुरुवात गर्न समय उपयुक्त छैन,आर्थिक पाटो खस्कन सक्छ,आफन्तमा मनमुटाब आउन सक्छ,उत्छ्रिन्खल काममा मन लाग्न सक्छ,साझ पख बाट समयमा सुधार आउनेछ,इष्टदेव को दर्शन पूजा गर्दा राम्रो हुनेछ। 


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : 
उपहार तथा पुरस्कार प्राप्तिको अवसर मिल्नेछ,मनोरन्जनात्मक कार्यमा मन रमाउनेछ,प्रेम प्रशंगमा मिठास बढ्नेछ,नंया बाहन र सवारी साधन प्राप्तिको अवसर मिल्नेछ,ब्यबसाय उन्नति पथमा लम्कनेछ।


 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : 
 बैदेशिक यात्रा र त्यस क्षेत्रको काममा सफलता मिल्नेछ,काममा प्रतिस्पर्धा गर्नु परे पनि जित हासिल गर्न सकिनेछ,शत्रु पक्ष सक्रिय रहनेछन,आर्थिक लेनदेनमा समस्या आउनेछ,निकै चनाखो भएर कारोबार गर्नुहोला।

 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : 
खानपानमा आउने खराबीले पेट सम्बन्धि रोग देखिन सक्छ,पढाइ लेखाइ मध्यम छ,सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ,आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ,प्रयत्न गरे सफलता सजिलै पाउन सकिनेछ,अठोट लिएर अगाडी बढ्नु होला। 


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : 

 मातापिताको सहयोग पाइनेछ,आफन्त संग मनमुटाब हुन सक्छ,काम बिगार्ने हरु सक्रिय रहनेछन,गोपनियता राख्नु होला,अबरोधहरु हट्दै जानेछन,दुर्घटना बाट जोगिनुहोला,धैर्यता लिएर अगाडी बढ्नु होला । 



 मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: 
पराक्रम बढ्नेछ,महत्वकांक्षा बढ्नाले काममा पूर्ण सफल हुन नसकिएला,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,धन सम्पत्ति कमाउने अवसर मिल्नेछ,नंया कामको थालनी गर्ने सु-अवसर मिल्नेछ,दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। 


 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 

 अवसर हरु पाइएता पनि सहि सदुपयोग गर्न नसक्दा निराशा छाउन सक्छ,निर्णय क्षमतामा ह्रास आउन सक्छ,मनमा विभिन्न शंका उपशंका उत्पन्न हुनेछन,शैक्षिक क्षेत्रमा कमजोरी देखिन सक्छ,मन दरिलो पारेर काममा लाग्नुभए सफलता मिल्नेछ। 



 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 

आफन्त साथीभाई संगको भेटघाटमा मन रमाउनेछ,मिष्ठान्न भोजनको अवसर मिल्नेछ,बोलीको शक्तिमा बृध्धि हुनाले काममा सफलता मिल्नेछ,रोकिएका काममा सफलता मिल्न थाल्नेछन्,स्वास्थ्यमा कमजोरी आउनेछ खानपानमा चनाखो रहनु होला।
Share this article :
 

Post a Comment