भोलिको राशिफल बैशाख ६
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
M.A.(आचार्य) फलित ज्योतिष,
B.A(शास्त्री)इतिहास पुराण #नेसवि
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
आजको पन्चांग
वि.सं.२०७२ साल वैशाख ६ गते आइतबार,
इ.स. २०१५ अप्रिल १९ तारिख,
नेपाल संवत् ११३५ चौलागा,
वैशाख शुल्कपक्षको प्रतिपदा तिथि
रात्रि २२:५३ बजेसम्म उपरान्त द्वितीया,
अश्विनी नक्षत्र अपरान्ह ०४:१७ बजेसम्म उपरान्त भरणी,
विष्कम्भ योग बिहान ०८:२६ बजे सम्म उपरान्त प्रिती,
किंस्तुघ्न करण बिहान
११:५०बजेसम्म, बब करण रात्रि १०:५३ बजेसम्म उप्रान्त बालब,
आनन्दादियोगमा आनन्द योग।
चन्द्रमा मेष राशिमा
,
काठमाडौंमा सूर्योदय ५:३८ बजे, सूर्यास्त– ६:०८ बजे र दिनमान ३२ घडी ०९ पला
काठमाडौंमा सूर्योदय ५:३८ बजे, सूर्यास्त– ६:०८ बजे र दिनमान ३२ घडी ०९ पला
पर्व मत्स्यनारायणरथारोहण ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
समय सुधारोन्मुख रहनेछ,अनाबस्यक खर्च
बिबादबाट मुक्ति मिल्नुको साथै सुखको अनुभूति हुनेछ,
बिचार पूर्बक गरेका निर्णय
बाट मनग्य लाभ मिल्नेछ,आत्माबिस्वास बढ्नेछ,आत्मीयजन संगको
भेटघाटमा दिन व्यतीत
हुनेछ उत्साह बर्धक समय रहनेछ।
|
शरीरमा
आलस्यता छाउनेछ,काममा अबरोध आउन सक्छ,पारिवारिक खर्च बढ्नेछ,
समयमा सहि निर्णय
लिन नसक्दा हात परेको काम फुत्कन सक्छ,
चुनौतीहरुको सामना गर्नको लागि तत्पर र
चनाखो रहनु होला।
|
आम्दानीमा
वृद्धि हुनेछ,परिश्रमको यथोचित मुल्यांकन हुनेछ,
फसेका धनमाल हात पर्न सक्ने
सम्भाबना छ,कृषि तथा पशुपक्षी सम्बन्धि
ब्यबसाय बाट लाभ मिल्नेछ,समाजमा प्रभुत्व
जमाउन सकिनेछ,पढाई लेखाइमा प्रगति हुनेछ।
|
मनोबल
घट्नेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ,राज्य पक्ष बाट नोक्सानी
मिल्नेछ,
कामकारबाहीमा सतर्क रहनु होला,मान सम्मानमा आंच आउन सक्छ भने
ब्यबसायिक
क्षेत्रबाट लाभ मिल्नेछ,रमाइलो यात्राको सम्भाबना छ।
|
झन्झट तथा मुद्दा मामिलाको सम्भावना रहेको
छ,आकस्मिक दुर्घटना हुन सक्छ,धार्मिक
भाबमा रुचि बढ्नेछ,सामाजिक कार्यबाट मान
सम्मान पाइनेछ,दान धर्म र दुखीको सेवामा
मन लाग्नेछ,खानपानमा भने सतर्क रहनु
पर्ला
|
घरायसी
समस्याले सताउनेछ,ब्यर्थ झैँ-झगडा हुन सक्छ साबधानी रहनु होला,बोलीको
प्रभावमा
कमि आउनेछ,सवारी साधन चलाउदा बिशेष ख्याल साबधानी अपनाउनु होला,
बौध्धिकतामा कमि
आउनेछ,मेहनत खेर जान सक्छ,इष्टदेव को दर्शन पूजा गर्नुहोला।
|
हर्सोल्लास
पूर्बक दिन बित्नेछ,मनोरन्जनात्मक भेटघाट हुनेछन,यात्राको अवसर मिल्ने तथा
फलदायी हुनेछ,
ब्यापार व्यवसायमा अझै लाभ मिल्ने समय छ,दाम्पत्य सम्बन्ध अझ मजबुत
रहनेछ,प्रणय सुत्र दरिलो रहनेछ,
शिक्षाको पाटो भने सामान्य रहला।
|
अर्थोपार्जन
गर्नको लागि फलदायी दिन रहनेछ,शत्रु पक्ष भने बलबान रहनाले केहि समस्या निम्तन
सक्छ,
गोपनियता पूर्बक काम गर्नु पर्ने देखिन्छ,लेनदेनमा बिबाद आउन सक्छ,
आफ्नो
भन्दा बढी अरुको लागि समय खर्चिनु पर्ला।
|
कलाकारिता र
अबिब्यक्ति कलामा सफलता मिल्नेछ,धैर्यता साथ लागेमा काममा सकारात्मक फल मिल्न
थाल्नेछ,
पढाई लेखाइमा सुधार आउनेछ,सेवामुलक कार्यबाट धन र मान दुवै प्राप्ति
हुनेछ,
व्यवसायमा अबरोध आउन सक्ला,सन्तान सुख मिल्नेछ।
|
आफन्तको
असहयोगले काममा अबरोध आउन सक्ला,हतारको निर्णयले पश्चातापमा पर्न सकिन्छ,
बिचार
पुर्याउनु होला,मान्यजनको सुझाब सल्लाह आत्मसाथ गरेर अगाडी बढ्नु हितकर
हुनेछ,
धनमाल हराउने तथा चोटपटक लाग्न सक्छ,कृषि पेशा उन्नतिप्रद देखिन्छ ।
|
पराक्रमि
कामले गर्दा मान सम्मान मिल्नेछ,मन सन्तुष्ट रहनेछ,असल मित्रको सहयोगले काममा
सफलता मिल्नेछ,
प्रशस्ति धनार्जन गर्न सकिएला शरिर स्फुर्तिलो रहनेछ,नंया कामको
थालनीको लागि अत्यन्त उत्तम समय रहेको छ,
दाम्पत्य सम्बन्धमा खराबी आउला।
|
अबसरको
सदुपयोग गर्न कठिन हुनेछ,बिस्वसिला मित्रहरुबाट घात हुन सक्छ,
अरुको गुनासो
सुन्दैमा दिन बित्न सक्छ,
निर्णय क्षमतामा कमि आउनाले बिबादित बनिएला,
बहुमुल्य
रत्न धातुको जोरजाम गरिनेछ,दृढ निश्चयका साथ अगाडी बढ्नुहोला ।
|
Post a Comment