प्राकृतिक बिपत्ति

प्राकृतिक बिपत्ति

भूकम्प प्राकृतिक बिपत्ति हो ,यसलाई न कसैले रोक्न सक्छ, न कसैले छेक्न सक्छ,या त जान्ननै  सक्छ,
संसारमा भएका सम्पूर्ण प्रविधिहरु भूकम्पको पूर्वानुमान लगाउन असफल छन्,ज्योतिष शास्त्रमा पनि भूकम्पको बारेमा चर्चा गरिएको छ, जसलाई अहिलेका ज्योतिषीहरुले  खासै महत्व दिएको पाइन्न,अझ भनौ त्यसलाई गणना गर्ने जाँगर देखाएका छैनन्,गणना गरेर खोजे नपाइने केहि छैन
हुन त यति ठुलो सागर रुपि शास्त्रमा पसेर फल निकालेर दिन पनि उत्तिकै गार्हो छ,त्यसलाई पनि ठुलै त्याग त खोजीको आबस्यकता पर्छ


हामीलाई प्रतक्ष्य भेटेर,फोन,इमेल,हाम्रो फेसबुक पेज तथा अन्य विभिन्न माध्यमबाट जिज्ञाशा लिने व्यक्तिहरुको लामो संख्या र उनीहरुको  भनाइहरुलाई  नियाल्दा  सबैमा ज्योतिष शास्त्र प्रति बिस्वास र ज्योतिषीहरुको बिद्वतामा शंकाको भाब देखियो,ब्यबसायिक हुने बहानामा ज्योतिषी हरुले यी कुराहरुलाई छायामा  पारेको हो कि भन्ने आशय पाइएको छ

  जे भयो भइ नै सक्यो सक्कियो,अब हामी हाम्रा शुभ चिन्तकहरु समक्ष  यस्ता प्राकृतिक प्रकोपको बारेमा पहिले नै अध्ययन गरेर जानकारी गराउने प्रतिबध्दता व्यक्त गर्दछौ,समय केहि खराब छ भनेर भनिएता पनि हाम्रो दिमाग भूकम्प र यत्रो क्षति तर्फ सोच्न उत्प्रेरित भएन र यस्तो प्रकोपको बारेमा सोच्न ध्यान नै नगएको कुरा पक्का हो,ध्यान पुर्बक मन लगाएर खोजे ज्योतिष शास्त्रमा नपाइने केहि छैन,यसबारेमा केहि तथ्य पक्का छ,हामि त्यसको गहिराइमा पुगेर खोजि गरिरहेका छौ,त्यसको फल मिल्ने बितिकै तपाइहरुलाई जानकारी गराउने छौ
हामीलाई आशा छ, त्यसको लागि केहि समय सम्म हामीलाई निरन्तर सल्लाह सुझाब र हौसला प्रदान पक्कै गरिदिनु हुनेछ, हामी सार्बजानिक सेवामा तत्पर भएका ज्योतिष र ज्योतिषीय सस्थाहरु यसमा प्रतिबध्ध भएर लाग्नेछौ र लागिरहेका छौ,हाम्रो खोजि कार्य तिब्र गतिमा अगाडी बढिरहेको छ
आशा गरौ अब आउने बिपत्तिमा जनधनको क्षति कम गराउने  कुरामा पूर्वानुमान गरेर ज्योतिष शास्त्रको फाइदा सबैले लिन सक्नु हुनेछ



"भगवान हाम्रो  पालन कर्ता हुनुहुन्छ,जे जसो गर्ने उहाकै मनासिबमा भर पर्ने कुरा हो, तसर्थ भगवानको साथ कहिल्यै नछाडौ अबस्य मुक्ति  मिल्नेछ"

#दुर्गा ज्योतिष सेवा केन्द्र बाट आफ्ना सुभेक्षुकहरुमा गरिएको जानकारी र प्रतिबध्दता 
Share this article :
 

Post a Comment