सकारात्मक सोचौ

मानिसको वास्तविक रुप बिपत्तिमा देखिन्छ
जब बिपत्ति हट्दै जान्छ तब अहंकार र बाहिरी 
आडम्बरी भद्दापन देखिन थाल्छ
यो गोल चक्कर हो अहंकार ले ब्याप्त भएपछी पुन:बिपत्ति आउछ,
अबस्य आउछ



यो बिपत्ति भगवानले  हामी सबै को असली रुप जान्नकै  निमित्त ल्याएका हुन सक्छन 

जति सुकै सम्पत्ति भए पनि आखिर धर्तीमै आएर लम्पसार पर्नु पर्ने रहेछ भन्ने सबैलाई हेक्का रहोस 


त्यसैले सकभर आफ्नो सकारात्मक रुप देखाउने प्रयास गर्नुहोला
बिपत्ति मा परेका हरुको लागि केहि सहयोग गर्नुहोस अरुको भाग हडप्ने जस्ता कु-कर्म  नगरौ 
पाप धुरीबाट कराउछ भने जस्तै कर्म अनुसार को फल अबस्यमेब प्राप्त हुन्छ,राम्रो को राम्रै खराब को खराब नै 

सकारात्मक  सोचको बिकास गर्नुहोस, सकारात्मक फल पाउनुहोस्  
Share this article :
 

Post a Comment