भोलिको राशिफल (ज्येष्ठ ९ गते)

ज्येष्ठ ९ गतेको राशिफल                                                                                              


©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
M.A.(आचार्य) फलित ज्योतिष,
B.A(शास्त्री)इतिहास पुराण ‪#नेसवि
दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७ 
skype online.jyotish1

वि.सं.२०७२ साल ज्येष्ठ ९ गते शनिबार,
इ.स. २०१५ मे २३ तारिख,
नेपाल संवत् ११३५ तछलाथ्व,
ज्येष्ठ शुक्ल पक्षको पन्चमी तिथि बिहान ०७:४० बजेसम्म उप्रान्त षष्ठी,
तिष्य नक्षत्र रात्रि १:२८ बजेसम्म उपरान्त अश्लेषा,
वृद्धि योग भोलि बिहान ०४:२८ बजेसम्म उप्रान्त ध्रुब,
बालब करण बिहान ०७:४० बजेसम्म,कौलब करण साझ ०८:०९ बजे सम्म उप्रान्त तैतील,
आनन्दादियोगमा मित्र योग,
चन्द्रमा कर्कट राशीमा।
काठमाडौंमा सूर्योदय ५:१३ बजेसूर्यास्त ६:४९बजे
दिनमान ३३ घडी ५९ पला।
 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
महत्वाकांक्षी बनिदा काममा सफल रहन कठिन हुन सक्छ,आफन्त संग मनमुटाब हन सक्छ,बिशेष कामबाहेक यात्रामा ननिस्कनु नै राम्रो देखिन्छ,असफलताले गर्दा मनमा निराशा बढ्नेछ।

वृष (इ, , , , वा, वि, वु, वे, वो) Taurus :
साहसिक काममा रुची बढ्नेछ,खेलकद तथा मनिरंजनात्मक काममा समय व्यतित हुनेछ,रमाइलो यात्रा संगै भेटघाटको अवसर मिल्नेछ,सामाजिक कार्यमा सफलता संगै मान प्रतिष्ठामा बृद्धि हुनेछ

मिथुन (का, कि, कु, , , , के, को, हा) Taurus :
काममा अबरोधको सामना गर्नुपर्ने हुन सक्छ,बिचार पुर्बक गरेका निर्णयले मात्र दिर्घकालिन सफलता दिलाउनेछ,टाढाको व्यक्ति बाट सहयोग मिल्नेछ,पशु तथा कृषि जन्य व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  

रोकिएका काममा सुधार आउनेछ,फसेका रकम हरु उठ्नेछन,बोलीको प्रभाब बढ्नाले समाजमा आफ्नो बर्चस्व राखन 
सकिएला,मान सम्मान बढ्नेछ,शरीरमा स्फूर्ति बढ्नेछ,गोपनियता भने अपनाउनु होला

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

आर्थिक पाटो खस्कन सक्ने देखिन्छ,काममा रोकावट आउनेछ,पारिवारिक खर्च र विवाद बढ्नेछ,निर्णय क्षमतामा ह्रास
आउनाले बिबादको कारण बनिएला,दुर्घटना को सम्भाव्यता देखिन्छ,निकै चनाखो रहनुहोला

कन्या (टो, पा, पि, पु, , , , पे, पो) Virgo :

नाम र दाम दुवै कामाईनेछ,मित्रजनको सहयोगमा दिन रमाइलो पुर्बक बित्नेछ,मिष्ठान्न भोजनको अवसर 
जुट्नेछ,राजनैतिक र सामाजिक मान सम्मानमा सन्तोष जनक सुधार आउनेछ,रिसलाई भने वशमा राख्नु पर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  

ब्यबासायमा खासै उन्नति हुन नसके पनि नोकरीमा रहने हरुलाई दिन सुखद रहला,नंया व्यक्ति संगको भेटघाट र 
घुमघामले दिन मनोरन्जनात्मक बन्नेछ,आकस्मिक रुपमा नया जिम्बेवारी बहन गर्नु पर्ने हुन सक्छ


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

सामान्य बादबिबाद तथा मुद्दा मामिलाको सम्भाव्यता देखिएता पनि,अन्य पाटोमा सुधारको संकेत देखिनेछ,धार्मिक र
सहयोगी भावनामा बृध्दि हुनेछ,सामाजिक यश प्राप्ति हुनेछ,नंया कामको थालनी गर्ने समय रहेकोछ


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

मनमा विभिन्न किसिमको शंकाले डेरा जमाउनेछ,खराब सोचहरु बढ्नेछन,राम्रो काम गरेता पनि समाजमा अपमानित हुन
सक्ने हुदा बिचार पुर्बक अगाडी बढ्नुहोला,दुर्घटनालाई नकार्न सकिन्न,इष्टदेवको स्मरण गर्नु राम्रो हुनेछ


मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
उचित मानसम्मान मिल्नेछ,व्यवसायमा क्रमिक सुधारको संकेत देखापर्नेछ,भोज भतेरमा सरिक हुने अवसर मिल्नेछ,प्रेम प्रसङ्ग निकै सुमधुर रहनेछ,बैदेशिक क्षेत्रको सहयोगमा काममा ठुलो सफलता हासिल गर्न सकिनेछ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
कुरा काट्नेहरु प्रशंशा गर्न थाल्नेछन,शरीरमा आरोग्यता बढ्नेछ,आफन्त हरुको लागि बढी समय खर्चिनु पर्ला,आर्थिक पाटो मजबुत रहनेछ,दाम्पत्य सम्बन्धमा सुधा आउनेछ,भाग्यले साथ दिनेछ

मीन (दि, दु, , , , दे, दो, चा, चि) Pisces :
स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ खानपानमा चनाखो रहनु पर्ला,पढाइ लेखाइमा खासै गति बढ्ने देखिन्न,बौध्धिक स्तरमा सुधार आउनेछ,सन्तान बाट शुखको अनुभूति मिल्नेछ,दिन सफल रहनेछ


Share this article :
 

Post a Comment