भोलिको राशिफल (ज्येष्ठ ८ गते)

     ©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
M.A.(आचार्य) फलित ज्योतिष,
B.A(शास्त्री)इतिहास पुराण ‪#नेसवि
दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७ 
skype online.jyotish1



वि.सं.२०७२ साल ज्येष्ठ ८ गते शुक्रबार,
इ.स. २०१५ मे २२ तारिख,
नेपाल संवत् ११३५ तछलाथ्व,
ज्येष्ठ शुक्ल पक्षको चतुर्थी तिथि बिहानब ०७:१८ बजेसम्म उप्रान्त पंचमी,
पुनर्बसु नक्षत्र रात्रि १२:०६ बजेसम्म उपरान्त तिष्य,
शूल योग बिहान ०५:४५ बजेसम्म पश्चात ऐन्द्र योग भोलि बिहान ४:४७ बजेसम्म उप्रान्त बृध्धि,
भद्रा करण बिहान ०७:१८ बजेसम्म,बब करण साझ ०७:३३ बजे सम्म उप्रान्त बालब,
आनन्दादियोगमा लुम्ब योग,
चन्द्रमा मिथुन राशिमा साझ ०५:४७ बजेदेखि कर्कट राशीमा।
काठमाडौंमा सूर्योदय ५:१४ बजेसूर्यास्त ६:४८बजे
दिनमान ३३ घडी ५६ पला।


 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
पराक्रम बढ्नेछ,साथीहरुको सहायताले काममा सफलता दिलाउनेछ,विलासिता तथा मनोरन्जनको क्षेत्रमा समय व्यतित हुनेछन,धर्म कर्ममा रुची बढ्ने समय देखिन्छ।

वृष (इ, , , , वा, वि, वु, वे, वो) Taurus :
मानहानी हुन सक्छ,सहकार्यमा गरिएका काममा बिशेष चनाखो रहनु पर्ने देखिन्छ,संचित धनको क्षति हुन सक्छ,बोलीको प्रभाब बढ्नाले बोलेर गरिने त्यस्ता काममा सफलता मिल्नेछ

मिथुन (का, कि, कु, , , , के, को, हा) Taurus :
आफ्नो प्रभाब बढाउन सकिनेछ,सानो परिश्रमले पनि ठुलो सफलता हातलाग्ने देखिन्छ,मनमा उत्साह बढ्नाले काममा जोस जागरको बृध्दि हुनेछ,साझपख भने केहि चनाखो रहनु पर्ला

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  

अनाबस्यक खर्च तथा बिबाद बढ्नेछ,कष्टकर यात्राको सम्भाबना रहन सक्छ,आफन्त संगको सम्बन्धमा बिशेष साबधानी 

अपनाउनु पर्नेछ,चोटपटकको भय देखिन्छ,साथै स्वास्थ्यमा कमजोरी आउन सक्छ


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

आर्थिक पक्ष सबल रहनेछ,सहयोगी हरुको बृद्दी हुनाले मनमा उत्साह थपिनेछ,घर भन्दा बाहिर रहेर काम गर्नुपर्ला,साथि 

संगी सगको सामिप्यता बढ्ने तथा प्रेम प्रसंगले नंया मोड लिनेछ


कन्या (टो, पा, पि, पु, , , , पे, पो) Virgo :

नोकरिमा सामन्य भन्दा केहि कष्टको अनुभुती भएता पनि काममा सफलता मिल्नेछ,ठुला र प्रतिष्ठित व्यक्ति संगको 

भेटघाटले मनोबल उच्च बनाउनेछ,सामाजिक मान प्रतिष्ठा बढ्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  

मान्यजन संगको सम्बन्धमा कमजोरी आउन सक्छ,धैर्यतामा कमि आउनाले काममा अबरोध आउन सक्छ,सहयोगी 

भाबकोवृद्धि हुनुको साथै धार्मिक कार्यमा लगाब बढ्ने समय देखिन्छ


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

यात्रामा कठिनाइ आउन सक्छ,शरीर थकित भएको अनुभूति हुनेछ,रिस बढ्नाले आफन्त संग मनमुटाब हुन सक्छ,दुर्घटना 

हुन सक्ने सम्भाबना लाइ नकार्न सकिन्न बिस्वास घात हुन सक्छ


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

सवारी साधन सम्बन्धि क्षेत्रबाट लाभ हुनेछ,व्यापारिक व्यक्तित्वको लागि समय सुधारोन्मुख देखिन्छ,टाढिएका व्यक्ति 

संगको सम्बन्धमा सुधार आउनेछ,पेमी प्रेमिका संगको भेटघाटमा मन रमाउनेछ

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
शत्रु पक्ष कमजोर हुनेछन,शरीरमा उर्जाको बिकास हुनाले काममा जोस जागर बढ्नेछ,खानपानमा खराबी आउनाले पेट 
सम्बन्धि समस्या देखिन सक्छ,साथि भाईको साथमा रमाउने अवसर मिल्नेछ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सन्तान तथा सेवक वर्गबाट सन्तोष मिल्नेछ,बौध्धिक पक्षमा ह्रास आउनाले निर्णयहरु बिबादित रहन सक्छन,बिपरित लिंगिबाट उल्लेख्य सहयोग मिल्नेछ खानपानमा बिशेष ख्याल राख्नुहोला

मीन (दि, दु, , , , दे, दो, चा, चि) Pisces :
पारिवारिक चिन्ता बढ्ने तथा खर्चमा वृद्धि हुनेछ,काममा दुख गरे अनुरुप प्रतिफल पाउन कठिन होला,बाहन बाट खर्च बढ्ने तथा चोटपटकको भयलाई नकार्न सकिन्न,जग्गा जमिनबाट खासै लाभ नमिल्ला


Share this article :
 

Post a Comment