शनि शान्तिको सजिलो उपाय

तपाईको शनि ग्रह कमजोर छ वा शाढ़ेसाति र अढईया शनि दशाको प्रकोप परेको छ भने पिपलको रुखमा जल चढाउदा शुभफल मिल्छ भन्ने हाम्रो शास्त्रीय मान्यता रही आएको छ,शनिको केहि घुमाउरो सम्बन्ध भएतापनि पिपलको रुखमा जल चढाउदा केहि सकारात्मक असर अबस्य पर्ने देखिन्छ,हाम्रो धार्मिक आस्था र बिस्वासको आधारमा पिपलको रुखमा जल चढाउनु फलदायी मानिन्छ र  गरि आइएको पनि  छ 

पिपलमा जल चढाउदा पालना गर्नु पर्ने नियमहरु  
-  शनिबारको दिन बिहान नुवाई  धुवाई गरि सकी शुध्द भएर जल चढाउनु पर्छ  
-   सुर्योदय भन्दा २ घडी (४८ मिनेट) पहिले जल चढाए मात्र बताइको शुभ फल मिल्दछ 
-  तामाको कलश वा अन्खौरा बाट देबतीर्थबाट (हातको औलाको टुप्पोबाट झर्ने गरि)  पिपलको              फेदमा पर्ने गरि पुर्ब तर्फ फर्किएर चढाउनु पर्छ 
-  जल चढाई सके पछी पिपलको रुखलाई ढोग्ने, हेर्ने वा छुने गर्नु हुदैन 
-  जल चढाउदा बैदिक वा तान्तिक मन्त्र पढ्दै आफ्नो राशिको नाम र गोत्र स्मरण गर्नु पर्दछ 

जल चढाउदा भनिने तान्त्रिक मन्त्र 
मूलतो ब्रम्हरुपाय मध्यतो विष्णुरुपिणे ।
अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।।

Share this article :
 

Post a Comment