अक्षय तृतीया अत्यन्त शुभ दिन

अक्षय तृतीया अत्यन्त शुभ दिन


आउँदो बैशाख ८ गते करिब दुई शताब्दि एताकै शुभ दिन रहेको
ज्योतिषविदहरुले बताएका छन् । ज्योतिषीहरुले
आउँदो अक्षय तृतीया एक १९१ बर्ष यताको
सबैभन्दा शुभ र अमुल्य दिन रहेको बताएका हुन् ।
बैशाख शुक्ल पक्षको अक्षय तृतिया बैशाखको ८ गते
मंगलबार दिनमा, कृतिका नक्षत्र, सौभाग्य योग, बृषको चन्द्रमा
रहनेछ । यो दिन बिहान देखी राती सम्म शुभ संयोग रहनेछ ।
यस दिनमा मंगल कार्य, दान, भवन निर्माण र सवारी खरिदका लागि उत्तम रहेको छ ।
बिहान सवा ६ बजे देखी दिउँसो ११:४५  बजेसम्म
सर्वार्थ सिद्धि र दिउसो १२ः५८ बजे सम्म देखी
सूर्यास्त सम्म रवि योगको विशिष्ट संयोग रहेको छ ।
ज्योतिषीका अनुसार सोही दिन दिउसो मंगलादित्य र बुधादित्यको महायोग पनि
रहेको छ । मुहर्त तथा योगको यस्तो अद्वितीय  संयोग बिरलै
मात्र आउने ज्योतिषहरुको भनाई छ ।
यो शुभ अवसरमा विवाह, गृह प्रवेश, गृहारम्भ, उपनयनसंस्कार,
नयाँ वस्तुहरुको खरिद र अझ त्यसमा पनि सुन जस्ता बहुमुल्य 
रत्न  खरिद गर्न अत्यन्तै फलदायी हुन्छ।
यो दिन भएका शुभ कार्यले अरु बेला भन्दा ३ गुना बढी फल दिने
 धार्मिक विश्वास रही आएको छ । यस दिन खरिद गरेको
वस्तुले स्थायी समृद्धि प्रदान गर्नेछ ।
धर्म शास्त्रका अनुसार यस दिनमा घरमा जल भरिएको कलशमा
सुगन्धीत द्रव्य र जौ हालेर, त्यसमा ऋतुफल
हाली भगवान बिष्णुका साथै अन्य देवताहरुको नाम
सम्झेर पुजा गरी ब्राम्ह्णलाइ दान गर्नुपर्छ ।
त्यसैगरी, पितृको तृप्ति तथा प्रशन्नताको लागि ग्रहस्थ
ब्राम्ह्णलाई  जलले भरिएको कलशमा कालो तिल राखेर त्यसमा
बीजयुक्त फल राखी दान गरेमा सुःख र
समृद्धी मिल्नेछ ।

https://www.facebook.com/DurgaJyotisaSevaKendra


Share this article :
 

Post a Comment