साप्ताहिक राशिफल श्रावण १७-२३


 श्रावण १७-२३  गतेको राशिफल 






©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
 दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७
skype online.jyotish1 

                                         
मेष (चुचेचोलालिलुलेलोअ) Aries :
आर्थिक हिसाबले समय बलबान रहनेछ,लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले सोमबार र मंगलबार झैँ-झगडामा फसिन सकिनेछ,बिचार पुर्बक कार्य गरेको खण्डमा साता निकै फलदायी बन्नेछ।




वृष (इवाविवुवेवो) Taurus :
बिहिबार र शुक्रबार आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि बाकि साताको समय निकै फलदायी हुनेछ,नोकरी तथा ब्यबासयिक सफलताले नंया उचाई लिनेछ, प्रतिष्ठित काममा सरिक हुने अवसर मिल्नेछ,मनोरन्जनात्मक भेटघाटमा सरिक हुने अवसर जुट्नाले मन आनन्दित रहनेछ,रोजगारीको खोजीमा रहनु हरुको लागि नोकरी सम्भावना देखिन्छ।



मिथुन (काकिकुकेकोहा) Taurus :
बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,राज्य पक्षबाट विस्वासिलो व्यक्तिको उपाधि मिल्नेछ,साताको अन्त्यमा देश विदेशको भ्रमण गर्ने अवसर मिल्नेछ,संचित गरिएका धनमाल भने हराउन सक्ने देखिन्छ




कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
सवारी साधनको प्रयोगमा निकै चनाखो रहनु पर्ने देखिन्छ,अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,सामाजिक सेवामा गति बढ्नेछ,मुद्दा मामिलाको झन्झटले उर्जावान समय खेर जान सक्छ,साताको उत्तरार्धमा भने निकै सफलता हात लाग्नेछ,तपाइको परिश्रमको उचित मुल्यांकन हुनेछ





सिंह (मामिमुमेमोटाटिटुटे) Leo :

साताको सुरुवात राम्रो हुनेछ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धार्मिक कार्यमा समय बित्नेछ,सप्ताहान्तमा नोकरीमा पदोन्नती हुने समय छ,मान सम्मानको वृद्धि हुनेछ,मंगलबार र बुधबार अलिक खराब समय छ,दुर्घटना तथा चोटपटकको सम्भाव्यता देखिन्छ,साथै मुद्दा मामिलाको झन्झट पनि आइलाग्न सक्ने देखिन्छ,सजग रहनु होला 





कन्या (टोपापिपुपेपो) Virgo :
कन्या राशिको लागि साता उत्साहित रुपमा सुरु हुनेछ,सहयोगको आदान प्रदान गरिनेछ,प्रणय सम्बन्धमा मिठासता थपिनेछ,मनोरन्जनात्मक कार्यमा धन र समय खर्च गरिनेछ,लामो यात्राको सम्भाव्यता देखिन्छ,दिन दुखीको सेवामा मन रमाउनेछ,बिहिबार र शुक्रबार धन क्षय हुन सक्छ भने आफन्त संग मनमुटाब हुन सक्ने सम्भावना पनि देखिन्छ,जरिवाना मा परिन सक्छ,साबधान रहनुहोला।




तुला (रारिरुरेरोतातितुते) Libra :  
पढाई लेखाइमा सुधार आउनेछ,साहित्यिक लेखनमा समय व्यतित हुनेछ,रमाइलो भेटघाट हुनेछ भने विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछसाताको अन्त्यमा झैझगडा र कष्टकर यात्राको सम्भाबना देखिन्छ,पढाइ लेखेको क्षेत्रमा खासै गति जान सक्ने देखिन्न,संयमित रहनु होला।



वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,समयमा सहि निर्णय लिन नसक्दा नोक्सानी व्यहोर्नु पर्नेछ,मंगलबार देखि समय सुधार आउनेछ,आफन्त तथा साथीभाइको सहयोगमा महत्वपूर्ण कार्य पुरा गरिनेछ,बिग्रिएको प्रेम सम्बन्धमा सुधारको संकेत देखिनेछ,साताको अन्तमा बाहन शुखको समय देखिन्छ।



धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
साहसिक काममा उच्चतम सफलता मिल्नेछ,सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,आर्थिक अबस्थामा सुधार आउनेछ,रोकिएका कामपुरा गर्न सकिनेछ, पशुपालक कृषक बर्गको लागि फाइदाजनक समय रहनेछ,मंगलबार र बुधबार भने केहि खराब रहेकाले मान हानि हुन सक्छ।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,बैदेशिक सहयोग बढे संगै,बोलीको प्रभाब बढ्नेछ,साथिहरुको सहयोग पाइनेछ भने नंया साथि संगको मित्रता सुमधुर बन्नेछ, सन्तान सुख मिल्नेछ,बिहिबार र शुक्रबार दुर्घटनाको सम्भाव्यता भए पनि अन्य समयमा सवारी साधनबाट फाइदा हुनेछ,बिपरित लिंगी संगको सम्बन्धमा साबधानी अपनाउनु पर्ने देखिन्छ।



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
फलदायी समय रहनेछ,राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पराक्रमी काममा चित्त लाग्नेछ,धन सम्पति संचय गर्ने अवसर मिल्नेछ,साताको अन्त्यतिर आर्थिक रुपमा नोक्सानी हुन सक्ने समय देखिन्छ,रिस बढ्नाले आफन्त तथा पति पत्निमा भने मनमुटाब बढ्न सक्छ।



मीन (दिदुदेदोचाचि) Pisces :
काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ,नंया ज्ञान आर्जन गर्ने अवसर पनि मिल्नेछ भने बालबालिका संग सम्बन्धित काममा समय व्यतित हुनेछ,प्रणय सम्बन्धमा नंया उचाई मिल्नेछ,धैर्यता आत्मसाथ गरेर अघि बढ्दा सफलता हात लाग्नेछ,पढाइ लेखाइमा सोचे अनुरुप सफलता हात लाग्न कठिन देखिन्छ

Share this article :
 

Post a Comment