२०७२ भाद्र महिनाको राशिफल


















©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७


                                        
मेष (चुचेचोलालिलुलेलोअ) Aries :
भाद्र महिना मेष राशि हुनेहरुको लागि सामाजिक र राजनैतिक झैँ-झमेलामा फसिनेछ,आफन्तले गरेका दुष्कर्मको शिकार भइएला,अस्वस्थताले सताउन सक्ने देखिन्छ,समयानुकुल परिवर्तन हुन नसक्दा काममा बिध्न आउन सक्छ,हतारो पनले काममा भद्रगोलको स्थिति नआउला भन्न सकिन्न,आफन्त तथा साथीभाइको सहयोग प्रशस्त मिल्नेछ,पढाइ लेखाइको क्षेत्रमा उल्लेख्य सफलता हात लाग्नेछ,सन्तानको सहयोग र साथ पाइनेछ,प्रेमसम्बन्धमा सुधारको आभास आउनेछ, महिनाको अन्त्य तिर आर्थिक अबस्थामा सुधार आउनेछ,गर-गहना तथा अचल सम्पति जोडिनेछ।



वृष (इवाविवुवेवो) Taurus :
वृष राशि हुनेहरुको लागि भाद्र महिनामा माता पिताको स्वास्थ्यसम्बन्धि प्रतिकुलताले सताउने सम्भाबना देखिन्छ,पारिवारिक समस्याले सताउनेछ,समयमा सहि निर्णय लिन नसक्दा हात आईलागेका अवसरहरु खेर जान सक्छन,खराब व्यक्तिहरु संग मित्रता गास्न सकिने सम्भावना रहेको छ मित्रता स्थापित गर्दा ख्याल राख्नुहोला,व्यापारिक साझेदारी गर्नको लागि यो महिना खासै सुखद नहुन सक्छ,राजनीतिमा आफ्नो प्रभुत्व घटन सक्छ,स्वास्थ्यमा केहि जटिलाता आउन सक्छ,परदेशमा रहने हरुको लागि उत्तम फलदायी समय रहनेछ,जग्गा जमिन र पशु जन्य व्यवसायमा भने ठुलो सफलता हात लाग्नेछ



मिथुन (काकिकुकेकोहा) Taurus :
मिथुन राशिहुनेहरुको लागि भाद्र महिना निकै सफल रहनेछ,स्वास्थ्यमा सुधार आउनेछ,पराक्रम बढ्नाले जटिल कामहरु पुरा गर्ने शक्ति बढ्नेछ,मनमा रहेका डरहरु हट्नेछन,सामाजिक र राजनैतिक क्षेत्रमा पनि तपाईको बर्चस्व बढ्नेछ, विशिष्ट मान सम्मान पाइनेछ,तपाईले गरेका कामको सहि मुल्यांकन हुनेछ,राज्यस्तरबाट पुरस्कृत र सम्मानित भइनेछ,बिस्वासिला भनिएका आफन्तहरुबाट अन्तर्घात हुन सक्ने देखिन्छ,लेनदेनमा चनाखो रहनु होला,सरकारी सेवामा प्रवेश गर्ने सु-अवसर पनि मिल्न सक्ने देखिन्छ,यात्रामा खासै सफलता देखिन्न,बिद्यार्थी बर्गको लागि सामान्य फलदायी महिना बन्नेछ। 



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :   
कर्कट राशि हुने हरुकोलागि महिना भरनै पारिवारिक समस्याले सताउनेछ,आफ्नै स्वास्थ्यमा आउने प्रतिकुलताले काममा समय दिन नसकिने अबस्था आउन सक्छ,बिशेषत नाम कान घाटी सम्बन्धि समस्याले पिरोल्न सक्ने देखिन्छ,धनमाल चोरि हुन सक्ने सम्भाबना देखिन्छ,बहुमुल्य बस्तुहरु टुट-फुट हुन सक्छ, सामाजिक मान प्रतिष्ठा बढ्नेछ,बोलीको प्राभाब बढ्नेछ,निर्णय शक्तिमा आउने कमजोरीलेपरिपक्वताले आफन्त तथा साथीभाई गोलबध्द बनाउन सकिनेछ, सवारी साधनले खर्चिलो बन्नेछ,पढाइमा रुची बढ्नेछ भने गरिरहेको कामलाई सुचारु गराउन कठिनाइ आउनेछ,ब्यबसायिक रुपमा महिना उन्नति दायक हुने देखिन्छ।




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
सिंह राशिको लागि यो महिनाको सुरुवातमा नैरास्यता बढ्नेछ,आत्मबलमा कमि आउनाले काममा सक्रिय सहभागिता बढाउन सकिने छैन,समयमा सहि निर्णय लिन नसक्दा हात लागेको सफलता फुत्कन सक्नेछ,प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ,टाढिएका प्रियसीहरुसंग पुनर्मिलन हुनेछ,खेलकुद र कलाकारिताको क्षेत्रमा प्रगति हुनेछ,पारिवारिक सम्बन्धमा कमजोरी देखिएता पनि दाम्पत्य सम्बन्ध अझै सुमधुर बन्नेछ,पढाई लेखाइमा मन लाग्नेछ,स्मरण शक्तिमा सुधारको संकेत देखिनेछ, नोकरीमा रहनेहरुको लागि सुखद रहने देखिन्छ,पदोन्नतिको अवसर मिल्नेछ भने नया स्थानमा रही सेवा गर्ने अवसर मिल्नेछ,महिनाको अन्त्य तिर लामो यात्राको सम्भाबना देखिन्छ



कन्या (टोपापिपुपेपो) Virgo :
कन्या राशिका व्यक्तिहरुको लागि महिना भाद्र सामान्य रहनेछ,बौधिकतामा निखारता आउनाले दिर्घकालिन प्रभाब पार्ने किसिमका काममा सफलता हात लाग्नेछ,पढाइ लेखाइ र साहित्यिक पाटो सफल रहने देखिन्छ,स्वास्थ्यमा कमजोरी आउनेछ भने सवारी साधनप्रयोग गर्नेको लागि दुर्घटना र चोटपटकको भय देखिन्छ,साबधानी पुर्बक यात्रामा निस्कनुहोला,बैदेशिक यात्रामा सफलता मिल्नेछ,प्रतिस्पर्धा गर्नु परेता पनि जित हाशिल गर्न सकिनेछ,दाम्पत्य सम्बन्धमा कटुता आउने महिना रहेको छ,सामाजिक कामबाट सम्मान र पुरस्कार प्राप्तिको अवसर मिल्नेछ,पढाइ लेखाइमा खासै रुची देखिन्न।



तुला (रारिरुरेरोतातितुते) Libra :  
महिना उत्साहजनक रहनेछ,आकस्मिक लाभ आइलाग्नेछ भने सामाजिक र राजनैतिक रुपमा यो महिना निकै महत्वपूर्ण रहनेछ, राजनीतिमा रहनु हुनेको लागि उच्चपद्को प्राप्ति हुने समय देखिन्छ,नोकरीमा प्रगतिको शुभ संकेत देखा पर्नेछ,बिशिष्ट कामको दायित्व निर्बाह गर्नु पर्ने अवसर जुट्नेछ,आफन्त तथा साथिभाइको सहयोग प्रशस्त मिल्नेछ, पढाई लेखाईमा सफलता मिल्नेछ,सन्तानबाट सन्तोषजनक सुख प्राप्ति हुने समय रहेको छ, मनोरन्जानात्मक भेटघाटमा रमाउने समय देखिन्छ,निकै साबधानी पुर्बक अगी बढ्न सके यो महिनामा ठुलो सफलता हात लाग्नेछ




वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
वृश्चिक राशिका व्यक्तिहरुलाई यो महिनामा राज्यले उचित सम्मान गर्नेछ,नोकरीमा पदोन्नती हुनेछ,सहयोगी र अनुयायीहरुबाट सकारात्मक सहयोग मिल्नेछ, ब्यापार तथा व्यवसायमा उल्लेख्य सफलता हात लाग्नेछ,मान सम्मानमा वृद्धि हुनेछ भने तपाइले गरेका निर्णयहरु सामाजिक रुपमा दरिलो रहनेछ, दिन दुखिलाई सहयोग गर्न पाउदा मनमा आनन्दको आभास हुनेछ,मनोरंजन र विलासिताको क्षेत्रमा मन रमाउनेछ,पढाइ लेखाईमा उच्चतम सफलता आउनेछ,स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनाले शारीरिक क्षमता बढ्नेछ,फलदायी विदेश यात्राको सम्भाबना देखिन्छ




धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
गुरु पिता माता तथा मान्यजनको सल्लाह सुझाब र आशिर्बाद लिएर अगाडी बढ्नु हितकर हुनेछ,यात्रामा दुर्घटनाको योग पनि देखिन्छ सवारी साधनको प्रयोगमा सजग रहनु पर्ला,संचित धनको नोकसानी हुनेछ भने प्राप्त धनको उचित सदुपयोग नहुन सक्ने अबस्था छ, धैर्यता टुट्नाले काममा असफल हुनु पर्ने अबस्था आउन सक्छ,मनलाई दरिलो बनाएर अगी बढनुहोला,गलत निर्णयले गर्दा सामाजिक बिस्वास गुमाउनु पर्ने तर्फ होसियार रहनुहोला,धार्मिक यात्रा संगै समाज सेवामा लाग्ने अवसर मिल्नेछ,खानपानमा बिशेष चनाखो रहनु पर्नेछ,शैक्षिक क्षेत्रमा भने सोचे अनुरुप सफलता हात लाग्नेछ




मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
मकर राशिको लागि निकै कमजोर समय रहेकोले छिटो अरुको बिस्वास नगर्नु होला,नोकर तथा सहयोगीको विस्वासमा परिदा असहज अबस्था आउन सक्छ,कलाकारिता र खेलकुद क्षेत्रमा पदक र प्रतिष्ठा मिल्नेछ,पेट सम्बन्धि समस्याले सताउन सक्छ,खानपानमा आउने असावधानी कै कारण बिबिध प्रकारका शारीरिक समस्याहरु देखिन सक्छन,गुप्त रोगको भय देखिन्छ, पारिवारिक स्वास्थ्यमा भने सुधार आउनेछ,आफन्त संगको सहकार्यमा ब्यबसायिक क्षेत्रमा ठुलो प्रतिफल हात लाग्नेछ, कृषि तथा पशु चौपायमा गरेका लगानीले अपेक्षाकृत शुभ फल दिलाउनेछ,सन्तानको प्रगतिले मनमा सुखको अनुभूति दिलाउनेछ



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
कुम्भ राशि हुने हरुको लागि भाद्र महिना सामान्य फलदायक रहनेछ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ, निर्णायक भूमिकामा कमजोरी देखिनाले आलोचित हुनु पर्ला,सरकारी काममा आबस्यक भन्दा बढी नै हैरानी व्यहोर्नु पर्नेछ,दुर्घटनाको सम्भाबना अधिक रहेकोले बिशेष जरुरि काम बाहेक यात्रामा ननिस्कनु राम्रो हुनेछ,दाम्पत्य तथा प्रेम सम्बन्धमा कमजोरी आउनेछ, सहनशिलताको शक्ति घट्नाले दुखको अनुभूति बढी भएजस्तो लाग्नेछ, ब्यबसायिक रुपमा लगानी गर्दा निकै सुझबुझ पुर्बक गर्नुहोला,सामान्य असाबधानिले विशिष्ट व्यक्ति संगको बिस्वसनियता गुम्न सक्ने तर्फ सजग रहनु होला



मीन (दिदुदेदोचाचि) Pisces :
मीन राशिका व्यक्तिहरुको लागि समय सन्तोषजनक रहनेछ,रोकिएका कामहरुमा सफलता मिल्नेछ भने ऋणबाट केहि हद सम्म छुटकारा पाइनेछ,शत्रु बढेता पनि समाजमा तपाइको सकारात्मक प्रभाब बढ्नाले सहजै परास्त गर्न सकिनेछ,शरीरमा स्फूर्ति बढ्नेछ भने रोग ब्याधिमा कमि आएको महसुस गर्नुहुनेछ,मुद्दा मामिलाको झन्झट आइलाग्नाले काममा बिलम्ब गराउन सक्नेछ,तथापि कानुनि पाटोमा सफलता पाउनको लागि बर्तमान समय बलियो देखिन्छ,पारिवारिक र दाम्पत्य सम्बन्धमा भने केहि कमजोरी आउने देखिन्छ,तपाईको बौद्धिकताको अरुले खुलेर प्रशंशा गर्नेछन,जग्गा जमिन सम्बन्धि शुभ फल मिल्नेछ
Share this article :
 

Post a Comment