साताको राशिफल साउन २४-३०

साताको राशिफल साउन २४-३० 





©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी 
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७
 skyp:- online.jyotish1
 https://www.facebook.com/durgajyotishsewakendra

                                         
मेष (चुचेचोलालिलुलेलोअ) Aries :
मेष राशिको लागि यो सातामा गरेका काममा सफलता मिल्नेछ,आर्थिक कारोबार बढेर जाने सम्भाबना देखिन्छ, ब्यबसायिक व्यक्तित्वको लागि हितकर समय रहेको छ,आफन्त संगको सम्बन्धमा निकै नै सुमधुरता बढ्नेछ, दाजु भाइको सम्बन्धमा भने उत्साहजनक सुधार नदेखिन सक्छ,पढाई भन्दा लेखन कार्यमा सक्रिय भइनेछ,मिष्ठान्न भोजनको अवसर जुटे संगै छोटा यात्रा हुने सम्भाबना पनि देखिन्छ,प्रेम सम्बन्ध सामान्य रहनेछ,साताको अन्त्यमा पारिवारिक असमझदारीसंगै स्वास्थ्यमा कमि आउन सक्ने देखिन्छ।




वृष (इवाविवुवेवो) Taurus :
रमाइलो भेटघाट संगै मनोरन्जनात्मक रुपमा यो साता बित्नेछ,बिछोडिएका साथि तथा प्रेमी प्रेमिकाको भेट हुनेछ,शारीरिक तन्दुरुस्ती बढ्नाले काममा सक्रिय हुने शक्तिको बिकाश हुनेछ, पढाई-लेखाइमा यथोचित समय दिन नसकेता पनि लगाब बढेर जाने देखिन्छ,उपहार तथा पदक पुरस्कार प्राप्ति हुनेछ,पारिवारिक सम्बन्धमा मिठासता छाउनेछ,फाइदाजनक यात्राको सम्भाबना देखिन्छ,बिजयाकारक समय चलिरहेको छ,सफलता प्राप्तिको गोपनियातापुर्बक लगनशील भएर अगाडी बढ्नुहोला।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पारिवारिक झमेला संगै पति पत्नीमा वैमनस्यता आउन सक्छ,देश बाहिर रहेर गरिने व्यवसायमा सुधार आउनेछ,कुटनीतिक पाटो निकै मजबुत रहनेछ,सजिलै विदेश यात्रा हुन सक्नेदेखिन्छ बुधबार पछिको समय प्रगतिकारक रहनेछ भने मान प्रतिष्ठा कमाइने योग छ,धनार्जन गरे संगै अधिकतम संचिति गर्न सकिएला,आफन्तजनको लागि अत्याधिक खर्च गरिदिनु पर्ने हुन्छ,पशु तथा कृषिजन्य ब्यबसाय फस्टाउनेछ,बहुमुल्य रत्न तथा खेलौनाको कारोबार गर्नेहरुकोलागी फाइदा जनक समय रहनेछ 



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
साताको मध्य समय केहि कमजोर रहनेछ,लगानी गरेका क्षेत्रबाट मिल्ने प्रतिफलमा कमी आउन सक्छ,धनमाल हराउन वा नोक्सानी व्यहोर्नु पर्ने देखिएता पनि अन्य समय निकै सफल र सबल रहनेछ,नया नयाँ ठाउको भ्रमण गर्न पाइनेछ,अड्किएर बसेका  धनमाल हात लाग्नेछ,रत्न तथा बहुमुल्य धातुमा लागानी गर्नको लागि फाइदाजनक समय देखिन्छ,पुराना काममा भन्दा नया काममा लाग्ने प्रेरणा मिल्नेछ र त्यो फाइदाजनक पनि देखिन्छ,टाढाको साथि संगीसग भेटघाट हुनेछ,नोकरीमा पदोन्नती संगै नया जिम्मेवारीको सम्भाबना पनि देखिन्छ




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
राजनैतिक सक्रियता बढ्नेछ भने सजिलै अरुको बिस्वास जित्न र दिलाउन सकिनेछ,काम गर्ने शक्तिमा केहि कमि आएता पनि आफन्तको सहयोगले गरिरहेको काम फत्ते गर्न सक्ने क्षमतामा बृध्दि हुनेछ,आर्थिक कारोबार निकै फाइदाजनक देखिन्छ, नया लगानी गर्नको लागि अत्यन्त राम्रो समय आएको छ,पशुपालन र जडिबुटी सम्बन्धि ब्यबसायले तपाईलाई ब्यबसायिकरुपमा निकै उचाईमा पुर्याउनेछ,साताको अन्त्य तिर भने नजिकका व्यक्तिबाट बिस्वास घात हुन सक्ने कुरालाई बिशेष ख्याल राख्नु पर्ने देखिन्छ,जरिवाना वा आर्थिक नोक्सानी व्यहोर्नु पर्ने हुन सक्छ ।


कन्या (टोपापिपुपेपो) Virgo :
कन्या राशि हुनेहरुका लागि सुरुवातमा केहि कानुनि अड्चन देखिएता पनि साता निकै फलिफाप पूर्ण देखिन्छ,स-साना काममा समय खर्चिनु पर्दा मुख्य काम ओझेलमा पर्न सक्छ,नोकरीमा निकै सुखद समय रहनेछ,मान सम्मान बढे संगै तपाइको धेरै व्यक्तिले खुलेर प्रशंशा गर्नेछन, पारिवारिक सम्बन्धमा मिठासता थपिनेछ,पढाइ लेखाइलाई भने पुरा समय दिन नसक्दा सोचे अनुरुप प्रगति हुन नसक्ने अबस्था आउन सक्छ,ठेक्का पट्टाको काममा लाग्नेको लागि निकै फलदायी साता रहनेछ,अरुको लगानीमा नया स्थानमा घुम्न पाइनेछ।



तुला (रारिरुरेरोतातितुते) Libra :
साताको सुरुवातमा समय केहि कमजोरी देखिन्छ,सहि समयमा उचित निर्णय लिन नसक्दा हात आइलागेको प्रतिफल उम्कन सक्छ,रिस बढ्नाले दैनिक काममा पनि बाधा ब्यबधानको सामना गर्नु पर्नेछ,मंगलबार देखिको समय भने काममा सफलता संगै अर्थपूर्ण भेटघाटको अबसरले आनन्द दायक बन्नेछ, धार्मिक कार्यमा सरिक भइनेछ भने सामाजिक र राजनीतिक सक्रियता पनि बढ्नेछ, नया पद प्रतिष्ठा प्राप्ति हुन सक्नेछ,बिदेशमा रहनेको लागि कामको व्यस्तताबाट केहि हद सम्म फुर्सद मिल्ने देखिन्छ।




वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
साताको सुरुवातमा साथीभाई इष्टमित्र तथा अन्य व्यक्तिहरुबाट पनि प्रशस्त सहायता पाइनेछ, नयाकामको अवसर पनि देखिन्छ,बाहन तथा यान्त्रिक साधनबाट लाभ मिल्नेछ,मांगलिक कार्यहरुमा सहभागि भइनेछ,मंगलबार पछिको समय केहि कमजोर देखिन्छ,आर्थिक क्षति संगै दौड धुपपूर्ण रुपमा समय बित्नेछ,आफ्नो लागि भन्दा अरुको लागि समय बढी खर्चिनु पर्नेछ,शुक्रबार र शनिबार भने पुन केहि सुधारको आभास हुनेछ,धार्मिक भाब बढेर जाने देखिन्छ,नया रोजगारिको अवसर मिल्नेछ





धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
साता केहि खराब देखिन्छ,गोपनियताको साथ अगाडी बढ्नु पर्ने समय छ,झुटा आरोप आइलाग्न सक्छ भने शत्रु पक्षबाट नोक्सानी व्यहोर्नु पर्ने हुनसक्छ,बिस्वास गरेका व्यक्ति बाट नै बिस्वास घात हुन सक्ने अबस्था छ,मावलीबाट प्राप्त हुने सर-सहयोगले निकै सुखानुभूति दिलाउनेछ,लामो दुरीको यात्रा हुन सक्छ भने प्रेममय सामिप्यता प्राप्त हुनेछ,साताको अन्त्यमा केहि झन्झटको साथै आर्थिक नोक्सानी हुन सक्ने देखिन्छ,दुर्घटनाको सम्भाबनालाइ नकार्न सकिन्न,निकै चनाखो रहनु पर्ने साता रहेको छ



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
स्वास्थ्यले साथ नदिन सक्छ त्यसको लागि खानपान र यात्रामा चनाखो रहनु होला,पढाइ लेखाइ र साहित्य क्षेत्रमा उपलब्धिमुलक समय रहनेछ,निर्णय क्षमतामा कमजोरी आउन सक्ने देखिन्छ,शत्रु पक्ष सबल रहनाले काममा अबरोध ल्याउन सक्छन,सामान्य चोट पटकको भयलाई नकार्न सकिन्न, सवारी साधनमा गरेका लगानीले  प्रशस्त लाभ दिलाउनेछ,नया ब्यबसायिक साझेदारी गर्नको लागि उचित समय छ,बैदेशिक यात्रामा भने अबरोध आइलाग्न सक्छ,आफन्त संगको सम्बन्धमा निकै सुधार आउनेछ।



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
साताको सुरुवातमा केहि असहजताको अनुभूति हुनेछ,आफन्त संग बैरभाब उत्पन्न हुन सक्छ भने झैँ झगडाको अबस्था समेत आउन सक्छ,संचित धनको नोक्सानी हुनेछ,बोलीको प्रभाब घटे संगै बाद बिबादको अबस्था सिर्जना हुन सक्छ,बुधबार पछीको समयमा बुध्दीपूर्बक अगाडी बढेको खण्डमा सामाजिक मान सम्मान मिल्ने समय रहेकोछ,शत्रुहरु कमश टाढिदै जानेछन,बौध्दिकता अझै तिखारिनेछ साताको अन्त्यमा उच्च मान प्रतिष्ठा पाइनेछ



मीन (दिदुदेदोचाचि) Pisces :
प्रेम तथा दाम्पत्य  संबन्धमा आएको कमजोरी क्रमश सुधारिने छ,महत्वकाङ्क्षि बनिदा आटेका सबै कामहरु पुरा गर्न निकै कठिनाईको सामना गर्नु पर्नेछ,सामाजिक हितको काममा सहभागी बनिनेछ,मंगलबार र बुधबार पारिवारिक झमेलाले शुखको क्षय गराउन सक्छ,साताको अन्त्यमा नयाँ बाहन तथा विलासी सामाग्रीको प्राप्ति हुनेछ भने जग्गा जमिन जस्ता अचल सम्पत्ति बाट सुख मिल्नेछ,साहित्यिक र रचनात्मक पाटो दरिलो बन्नेछ,स्वास्थ्यमा भने कमजोरी आउन सक्छ
Share this article :
 

Post a Comment