आजको राशिफल

२०७२/०१/२९      













©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
M.A.(आचार्य) फलित ज्योतिष,
B.A(शास्त्री)इतिहास पुराण ‪#नेसवि
दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७ 

skype online.jyotish1


वि.सं.२०७२ साल वैशाख २९ गते मंगलबार,
इ.स. २०१५ मे १२ तारिख,
नेपाल संवत् ११३५ वछलागा,
ज्येष्ठ कृष्णपक्षको नवमी तिथि, रात्रि १०:५५ बजेसम्म उप्रान्त दशमी।
धनिष्ठा नक्षत्र बिहान ८:०८ बजेसम्म उपरान्त शतभिषा।
ब्रह्म योग बिहान ७:४९ बजेसम्म पश्चात ऐन्द्र योग भोलि बिहान ४:४७ बजेसम्म उप्रान्त वैधृति।
तैतिल करण दिउँसो १२:७ बजेसम्म,गर करण रात्रि १०:५५ बजे सम्म उप्रान्त वणिज।
आनन्दादियोगमा उत्पात योग।
चन्द्रमा कुम्भ राशिमा।
काठमाडौंमा सूर्योदय ५:१९ बजेसूर्यास्त ६:४३ बजे
दिनमान ३३ घडी २९ पला।
 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
रोकिएका काममा प्रगतिको आशा जाग्नेछ,काममा सहयोग पाइनेछ,रमाइलो भेटघाटको साथै मिष्ठान्न भोजन गर्ने अवसर समेत जुर्ला,आर्थिक पाटो सबल रहनेछ।

वृष (इ, , , , वा, वि, वु, वे, वो) Taurus :
अपेक्षाकृत सहयोग मिल्नेछ,मनमा आउने खराब बिचार हरुमा कमि आउनेछ,नोकरीमा सफल हुने समय छ,कृषि तथा पशु धनमा सफलता र सामाजिक सम्मान मिल्नेछ

मिथुन (का, कि, कु, , , , के, को, हा) Taurus :
मनमा छटपटी बढ्नेछ,असफलताको निरन्तरताले मन चिन्तित रहन सक्छ,भगवान प्रतिको आस्था बढ्नेछ,मान्यजनको सहयोग बढ्ने तथा सहयोगी हातहरु मिल्नेछन्

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
पारिवारिक समस्या बढ्नेछ,दाम्पत्य सम्बन्धमा आफ्नै कमजोरीले तिक्तता आउन सक्छ,आकस्मिक चोट पटक र बहुमुल्य बस्तु हराउन सक्ने देखिन्छ चनाखो रहनु होला

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

प्रेम प्रसंगमा सुधार आउनेछ,साझेदारीको काममा खासै सफल नभएता पनि अन्य ब्यबसायबाट प्रगति मिल्नेछ,बाहन सुख 

मिल्ने तथा आत्मबल दरिलो रहनाले काममा पूर्णता मिल्ला

कन्या (टो, पा, पि, पु, , , , पे, पो) Virgo : रोकिएका  सम्बन्ध हरुमा पुनार्जगृति आउनेछ,शत्रु परास्त गर्न सकिनेछ 

भने,शरीर फुर्तिलो रहनेछ,मावली पक्षबाट क्षति हुन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

पढाई लेखेको क्षेत्रमा सुधार आउनेछ,सन्तान तथा नोकर बाट सन्तुष्टि मिल्नेछ,पेटको समस्या देखिन सक्ने हुदा 

खानपानमा चनाखो रहनु होला

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,वाहन तथा घर जागा जस्ता व्यवसायबाट खर्छ बढ्नेछ,चिन्ता बढ्ने तथा निर्णय क्षमतामा कमि आउन सक्ने देखिन्छ

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पराक्रम बढ्नेछ,मनमा सुखको अनुभूति आउनेछ,महत्वकांक्षी सोचहरु बढ्नेछन भने काममा सफलता पाउन कठिन रहन 

सक्छ,बिलासिताको लागि खर्च र समय व्यतित हुनेछ

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
मान सम्मानमा कमि आउन सक्छ,चोट पटकको भय देखिन्छ,संचित धनको निक्सानी हुनेछ,सेवामुलक काममा समय व्यतित गर्दा निकै सफलता मिल्नेछ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
समय सुधारोन्मुख रहनेछ,रोकिएका कामहरु बन्नेछन् भने काममा गति बढ्नेछ,मान सम्मानमा बढ्नेछ,बोलीको प्रभाव बढ्ने तथा निर्णय क्षमतामा बढोत्तरी हुनेछ

मीन (दि, दु, , , , दे, दो, चा, चि) Pisces :
अनाबस्यक खर्च तथा बिबादको सामना गर्नु पर्ला,बिबाद बात टाढा रहनु होला,आकस्मिक चोट-पटक तथा मान सम्मानमा आघात आउन सक्छ,व्यर्थ यात्राको सम्भाबना देखिन्छ  


Share this article :
 

Post a Comment