
वि.सं.२०७२ साल असार ५ गते शनिबार,
इश्वी सन् २०१५ जुन २० तारिख,नेपाल संवत् ११३५ अनलाथ्व,
इश्वी सन् २०१५ जुन २० तारिख,नेपाल संवत् ११३५ अनलाथ्व,
आषाढ अधिकशुक्लपक्षको चतुर्थी तिथि साँझ ८:३५ बजेसम्म उप्रान्त पञ्चमी,
तिष्य नक्षत्र बिहान ९:०५ बजेसम्म उप्रान्त अश्लेषा,
तिष्य नक्षत्र बिहान ९:०५ बजेसम्म उप्रान्त अश्लेषा,
व्याघात योग दिउँसो १:३७ बजेसम्म उप्रान्त हर्षण,
वणिज करण बिहान ८:०० बजेसम्म भद्रा, साँझ ८:३५ बजेसम्म उप्रान्त वव,
आनन्दादियोगमा मित्र योग,
चन्द्रमा कर्कट राशिमा,
काठमाडौंमा सूर्योदय ५:१० बजे र सूर्यास्त ७:०० बजे
काठमाडौंमा सूर्योदय ५:१० बजे र सूर्यास्त ७:०० बजे
दिनमान ३४ घडी ३६ पला।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने अवस्था छ, पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ.आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबाद बाट टाढा रहनु होला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
मनोरंजानात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न बोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक उर्जाको बिकास हुनेछ,सहोदरमा खटपट आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने अबस्था आउनेछ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
निकै उत्साह जनक दिन रहनेछ,पुराना साथी संगको भेट घाटले नंया उर्जाको प्रबाह हुनेछ,आर्थिक कारोबारमा उल्लेख्य सुधार आउनेछ,प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय व्यतित हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ भने हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्व भेटघाटमा समय बित्नेछ,सहयोगी हरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा केहि सुधार आउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोग का साथै बिस्वासघात हुन सक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नु पर्ने समय छ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा निकै सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ,बिपरित लिंगी संग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नु को साथै त्यस्ता कार्यक्रम हरुमा सहभागी भइएला,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ।
Post a Comment