राशिफल (आषाढ १०गते)

वि.सं.२०७२ साल असार १० गते बिहिबार,
इ स २०१५ जुन २५ तारिख,
नेपाल संवत् ११३५ अनलाथ्व,
अधिक आषाढ शुक्लपक्षको नवमी तिथि भोलि बिहान  ५:३९ बजेसम्म,
हस्ता नक्षत्र रात्री ०९:०१ बजेसम्म उप्रान्त चित्रा,
वरियान् योग दिउँसो ०४ ०३ बजेसम्म उप्रान्त परिध,
वालव करण दिउँसो ०४ :४६ बजेसम्म, कौलब भोलि बिहान ०५:४९ बजेसम्म  
आनन्दादियोगमा रक्ष योग
चन्द्रमा कन्या राशिमा,
काठमाडौंमा सूर्योदय ५:११ बजे, सूर्यास्त ७:०१ बजे,
दिनमान ३४ घडी ३६ पला।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
 दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७
skype online.jyotish1 

                                            
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
शत्रु परास्त हुनेछन,कुराकाट्ने हरु प्रशंशक बन्नेछन,लेनदेनमा बिबाद उत्पन्न हुन सक्छ,पारिवारिक समझदारीमा कमजोरी आउन सक्ने देखिन्छ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
 पढाई लेखाईमा क्रमिक सुधार आउनेछ,साहित्यिक क्षेत्रमा सफलता हात लाग्नेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,खानपिनमा चनाखो रहनुहोला ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
बिस्वासको संकट उत्पन्न हुनेछ,बाहन तथा जग्गा जमिनबाट घाटा होला,सन्तान र सेवक वर्गबाट सन्तुष्टि मिल्नेछ,धैर्यतामा कमि आउनसक्छ ।




कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
भेटघाटमा समय बित्नेछ,मनोरन्जनात्मक समय रहनेछ,बोलीको प्रभाब बढ्नेछ,सकारात्मक सोचको बिकास हुनेछ ।




सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
अबरोधको सामना गर्न सकिनेछ,पारिवारिक सम्बन्धमा सुधार आउनेछ,काममा फुर्सद मिल्नेछ,धन संचय गरिनेछ।



कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :


प्रणय सुखमा सफलतम समय रहनेछ,यात्राको अवसर मिल्नेछ भने नंया मित्र संगको भेटघाटको अवसर मिल्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
आर्थिक कारोबारमा कमजोरी आउनेछ,आफन्त संगको सम्बन्ध बिग्रन सक्छ,दुखदायी यात्रा गर्नुपर्ने हुनसक्छ,चनाखो रहनु होला।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आर्थिक हिसाबमा दिन फलदायी रहनेछ,जमघटमा समय व्यतित हुनेछ,मन परेका बस्तुहरुको उपभोग गर्न पाइनेछ,पुराना मित्र भेटिनेछ  ।



धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
काममा उच्चतम सफलता पाइनेछ,नंया लगानीका बाटोहरु  खुल्नेछन,लामो दुरीको यात्रा फलदायी देखिन्छ,बोलीको प्रभाब बढ्नेछ।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
धार्मिक सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,राजनीतिमा खासै सफलता मिल्ने देखिन्न,भुमि तथा पशुधन बाट लाभ मिल्नेछ।



कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मानसिक चिन्ता बढ्नेछ,पारिवारिक अशान्ति बढ्नेछ,सवारी साधनमा खर्च बढ्नेछ, दुर्घटनाको भय देखिन सक्छ,इष्टदेवको दर्शन पूजा गर्नुहोला।




मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
दाम्पत्य सम्बन्धमा सुधार  देखिन्छ,रमाइलो यात्रा तथा मनोरन्जनात्मक कार्यमा सहभागी भइनेछ,विलासिताको सामाग्रीको ब्यापारमा फाइदा हुनेछ ।
Share this article :
 

Post a Comment