aajako rashifal (आषाढ २१ गते)




आजको पञ्चाङ्ग

वि.सं.२०७२ साल असार २१ गते सोमबार,
इ स २०१५ जुलाई ६ तारिख,
नेपाल संवत् ११३५ अनलागा,
अधिक आषाढ कृष्णपक्षको पञ्चमी तिथि रात्रि १०:३५ बजेसम्म उप्रान्त षष्ठी,
शतभिषा नक्षत्र रात्रि १०:५१ बजेसम्म उप्रान्त पूर्वभाद्रपदा,
योग– आयुष्मान्, रात्रि ११:५ बजेउप्रान्त सौभाग्य,
कौलव करण दिउँसो ११:४७ बजेसम्म, तैतिल रात्रि १०:३५ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा  अमृत योग,
चन्द्रमा कुम्भ राशिमा,
काठमाडौंमा सूर्योदय ५:१५ बजे, सूर्यास्त ७:०१ बजे,
दिनमान ३४ घडी २७ पला।


मेष (चुचेचोलालिलुलेलोअ) Aries :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण  भेटघाटमा समय बित्नेछ, सहयोगीहरु बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा सन्तोषजनक सुधार आउनेछ 


वृष (इवाविवुवेवो) Taurus :
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,नोकरीमा खुशीको खबर मिल्नेछ 




मिथुन (काकिकुकेकोहा) Taurus :
धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतार गर्दा काममा नकारात्मक असर पुग्न सक्ने देखिन्छ



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात  हुन सक्छ, रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नु पर्ने समय छ,दुर्घटनाको सम्भावनालाई नकार्न सकिन्न




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
बहुमुल्य रत्न तथा प्रिय बस्तु हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक संदेश सुन्न पाइनेछ,लामो यात्राको सम्भाबना संगै मिष्ठान्न भोजन गर्ने अबसर मिल्नेछ,पशु जन्य व्यवसायमा सन्तोषजनक सफलता हात लाग्नेछ




कन्या (टोपापिपुपेपो) Virgo :
सन्तोषजनक सफलता हात लाग्नेछ। शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाईको सहयोगी बन्नेछन, स्वास्थ्यमा क्रमिक सुधारको संकेत देखिनेछ,बिपरित लिंगी सँग साबधानी पुर्बक गरिएको सहकार्यलेब्यापार व्यवसायमा फाईदा पुर्याउने देखिन्छ । 




तुला (रारिरुरेरोतातितुते) Libra :  
पढाई-लेखाइमा बिशेष सफलता मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमरुमा सहभागी भइ आफ्नो कला प्रस्तुत गर्ने अवसर मिल्नेछ,सन्तानको उन्नतिमा मन रमाउनेछ,खानपानमा असावधानी आउनाले स्वास्थ्य बिग्रन सक्ने देखिन्छ 




वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने अवस्था छ, पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ.आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबाद बाट टाढा रहनु होला,सवारी साधनको प्रयोगमा चनाखो रहनुहोला 



धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
मनोरंजनात्मक भेटघाटमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक सुधार आउनेछ,दाजुभाइको सम्बन्धमा खटपट आउन सक्छ । 



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति बढ्नाले काममा सहायता मिल्ने देखिन्छ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने समय छ, धैर्यताका साथ नहड्बडाइ काममा लागे सफलता मिल्नेछ । 



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
निकै उत्साह जनक दिन रहनेछ,पुराना साथी संगको भेटघाटले नंया उर्जाको प्रबाह हुनेछ,आर्थिक कारोबारमा उल्लेख्य सुधार आउनेछ,प्रितिकारक समय रहनेछ,राजनीतिक तथा सामाजिक मान मर्यादा बढ्नुको साथैभोज भतेरमा सहभागी भैनेछ। 




मीन (दिदुदेदोचाचि) Pisces :
बहुमुल्य सर-सामान हराउन सक्नेछ भने संचित धनको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्ध बिग्रन सक्छ,हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ,इष्टदेवको दर्शन गरेर अगी बढ्नुहोला   । 



©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७

                                     
Share this article :
 

Post a Comment