वृहस्पतिको राशि परिवर्तन र राशि अनुसारको फल

नेपाली समयानुसार २०७२/०३/२५ गते रात्री ११/१५ बजेको समयबाट बृहस्पति ग्रह कर्कट राशिबाट सिंह राशिमा प्रवेश गरेको छ,सिंह राशिमा बृहस्पति अब लगभग १३ महिना रहनेछ,बृहस्पतिलाई  बुद्धि, बिबेक र ज्ञान,बिज्ञानको साथै भद्र ग्रहको रुपमा पनि लिईन्छ,गोचरको आधारमा ग्रहले भिन्दा भिन्दै फल प्रदान गर्दछ,सिंह राशिमा गुरु रहदा कुन राशिलाई के कस्तो प्रभाब रहन्छ त ??


मेष :-        कार्य सिद्धि,सन्तान सुख
वृष :-         मनमुटाब ,व्यय
मिथुन:-     अर्थ लाभ,मित्र सुख
कर्कट:-      शत्रु जायी धन प्राप्ति
सिंह :-       मान हानि तथा राज्यभय
कन्या:-     खर्च वृद्धि विदेश यात्रा
तुला:-       धन तथा मान सम्मान प्राप्ति
वृश्चिक:-  स्थान हानि र बिछोड
धनु:-        भाग्य बृध्दि,भूमि लाभ
मकर:-     बिबाद,कष्ट
कुम्भ:-     दाम्पत्य सुख,ब्यबसायिक सफलता
मीन:-      चिन्ता,रोग ब्याधि
समाधानको उपाय 

जस-जसको राशिमा खराब फल देखिएको छ,उहाँहरुले प्रत्यक दिन बिहान सुद्ध भई “ॐ बृम् बृहस्पतये नम:” यो मन्त्रलाई १०८ पटक जप्नाले शुभ  फल मिल्नेछ, साथै बृहस्पति सम्बन्धि बस्तुहरु पहेलो कपडा,मह,नुन,चिनी हलेदो,सुन र पुष्पराज र बाहन दान गर्नाले पनि सम्पूर्ण अशुभ फल हटाई शुभ फल दिलाउनेछ,कुण्डलीमा वृहस्पतिको अबस्थितिलाई हेरेर पुष्पराज धारण गर्न पनि सकिन्छ शुभ फल भएका व्यक्ति हरुले पनि माथि बाताइएका कुरा हरुलाई अबलम्बन गर्नु भयो  भने अझ धेरै सफलता र सहजता मिल्नेछ 
Share this article :
 

Post a Comment