शनिका अशुभ संकेतहरु

शनिका अशुभ संकेतः

शनिकोको खराब दशा लागेको कुरा जान्न ज्योतिषी संग जानै पर्दैन, आफनै जीबनमा र दैनिक दिनचर्यामा आएका गतिबिधिहरुले नै थाहा हुन्छ, 
शनि ग्रहको अशुभ प्रभाब तपाईमा पर्दैछ भने यस्ता लक्षणहरु देखिन थाल्छन  

१- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुरा प्रति बढी चासो जाने हुन्छ,कु संगति परस्त्री वा पर पुरुष गमन तर्फा मात्र मन लाग्यो भने पनि शनि प्रतिकुल भयो भन्ने बुझ्नुपर्छ,यस्ता व्यक्तिको धन र सामाजिक मान प्रतिष्ठा र व्यक्तित्वमा समेत नकारात्मक प्राब्हब पर्न सक्छ  
२-  शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ ।
३- जूत्ता-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो ।
४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् । 
५- यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ । 
६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस् ।
 ७- यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ । 
८- साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो । 



शनि को अशुभ संकेत कमि गराउनको लागि जप,पाठ,पूजा,दान,रत्न धारण,जडिबुटी धारण उपयोगी शिद्ध हुनेछ ।  जानकारी र उपचारको लागि नजिकको बिज्ञ ज्योतिषी संग सल्लाह लिनुहोला   
Share this article :
 

Post a Comment