राशिफल (आषाढ १९ गते शनिबार)

आषाढ १९  गतेको राशिफल 


वि.सं.२०७२ साल आषाढ १९ गते शनिबार,
इ स २०१५ जुलाई ४ तारिख,
नेपाल संवत् ११३५ अनलाथ्व,
अधिक आषाढ कृष्ण पक्षको तृतीया तिथि रात्रि ०३:०९ बजेसम्म उप्रान्त चतुर्थी,
श्रवण नक्षत्र  रात्रि ०१:४८ बजेसम्म उप्रान्तधनिष्ठा,
 बैभब योग बिहान ०७:३० बजेसम्म उप्रान्त प्रिती,
वव करण दिउसो ०४:१० बजेसम्म,भद्रा साँझ ०३:०९ बजेसम्म उप्रान्त बालब,
आनन्दादियोगमा स्थिर योग,
चन्द्रमा मकर राशिमा,
काठमाडौंमा सूर्योदय५:१४ बजे सूर्यास्त ७:०२ बजे,
दिनमान ३४ घडी ३० पला।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
 दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७
skype online.jyotish1 

                                        
मेष (चुचेचोलालिलुलेलोअ) Aries :
सामाजिक कार्यमा रुची बढ्नेछ,धनार्जन गर्ने काम भन्दा पनि मान सम्मान प्राप्ति हुने कार्यमा समय बित्ने देखिन्छ,रोजगारीको नंया अवसर मिल्न सक्ने समय छ,पारिवारिक काममा बढी नै समय र सम्पत्ति खर्च गर्नु पर्ला  

वृष (इवाविवुवेवो) Taurus :
धर्म कर्ममा  अधिक समय व्यतित हुनेछ,गुरु ताता मान्यजनको सहयोग मिल्नाले काममा लाग्ने प्रेरणा मिल्नेछ,अप्रत्यासित आरोप प्रत्यारोपको सामना गर्नु पर्ने देखिन्छ,जरीवानामा परिने  वा संचित धनको क्षति हुन सक्छ   



मिथुन (काकिकुकेकोहा) Taurus :
आफन्त संगको सुमधुर सम्बन्धमा आकस्मिक खटपट उत्पन्न हुन सक्छ,रिस बढ्नाले सल्लाह र सहकार्यमा कमि आउने देखिन्छ,आर्थिक अबस्थामा नकारात्मक परिणाम हात लाग्नेछ,नंया कामको सुरुवात गर्न खराब समय रहनेछ



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
बिपरित लिंगी संगको सम्बन्धमा सुमधुरता छाउनेछ,निकरिमा खासै उन्नति नदेखिएता पनि व्यक्तिगत लगानीमा गरिएका व्यवसायमा निकै सफलता हात लाग्ने देखिन्छ,वाहन तथा मनोरन्जनात्मक क्षेत्र बात सुखानुभूति हुनेछ




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
शत्रु पक्ष सबल रहेता पनि परास्त गर्न सकिनेछ,खोइरो खन्ने व्यक्तिहरु प्रशस्त देखिनेछन्,कम्मर मुनिको भागमा चोट पटका को भय देखिन्छ,अरुको लागि समय खर्चिनु परेता पनि तपाइको सहयोगको उचित मुल्यांकन हुनेछ




कन्या (टोपापिपुपेपो) Virgo :
सन्तान पक्ष खर्चिलो बन्नेछन,खेलकुदमा रुची बढे संगै प्रतिफल प्पानी राम्रै हात लाग्ने देखिन्छ, कलाकारिता को क्षेत्रमा रहनु हुनेकालागीभाने खासै उन्नति प्रद समय नहोला,पढाई लेखाइमा खासै समय मिल्नेछैन,पेटमा समस्या आउन सक्छ 


तुला (रारिरुरेरोतातितुते) Libra :  
एकलौटी पन हाबी हुने देखिन्छ,अरुको सल्लाह सुझाब व्यर्थ भएको अनुभूति हुनेछ,पारिवारिक अल्झनमै दिन बित्नेछ,टाढाको मित्रले गरेको सहयोगले दिर्घकालिन असर दिलौना सहायता गर्नेछ,हतारको निर्णय आफ्नै लागि घातक हुन सक्छ


वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
घुमफिर र मनोरंजन्मा समय बित्नेछ,नंया साथि संगको चिनजान र सहकार्यले सफल्लता दिलाउनेछ, दाउ भाइको सम्बन्धमा केहि कमजोरी आउने देखिएता पनि सामाजिक अबस्था मजबुत बन्नेछ,आजको दिन मान सम्मान प्रशस्त मिल्नेछ



धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
संचित धनको नोक्सानी हुन सक्छ भने लगानी डुब्न सक्ने हुदा बिचार पुर्याउनु पर्ला, बहुमुल्य रत्न तथा धातुको कारोबार फस्ताउनेछ,मनमा आनन्दको अनुभूति हुनेछ,बिदेशमा रहनु हुने हरुको लागि घर परिवारको चिन्ताले सताउनेछ


मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
शरीरमा सकारात्मक उर्जाको बृध्दि हुनेछ,आफन्त तथा साथी भाइ संगको सम्बन्धले नंया उचाई लिनेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मांगलिक कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ,रमाइलो दिन रहनेछ



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
काममा रुची घट्ने देखिन्छ,आम्दानि र खर्चको तालमेल नमिल्दा असहज पारिस्थितिको सामना गर्नु पर्ला,कष्टकर यात्राको सम्भाबना रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु नै बुध्दिमानी हुने देखिन्छ। 




मीन (दिदुदेदोचाचि) Pisces :
मनग्य आम्दानि गर्ने अवसर जुट्नेछ,अर्कारी काममा बढी समय खर्चिनु पर्ला,ठुला र प्रतिष्ठित व्यक्ति संगको सामिप्यता बढ्नाले मन प्रफुल्लित रहनेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ
Share this article :
 

Post a Comment