राशिफल श्रावण १६

आजको राशिफल

आजको पन्चांग

वि.सं.२०७२ साल श्रावण १६ गते शनिबार,
इ स २०१५ अगष्ट १ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण कृष्णपक्षको प्रतिपदा तिथि दिवा ०२:४१ बजे सम्म उपरान्त द्वितीय,
श्रवण नक्षत्र बिहान ०९:५२ बजेसम्म उप्रान्त धनिष्ठा,
आयुष्मान योग दिवा ०२:०६ बजेसम्म उप्रान्त सौभाग्य,
कौलब करण दिवा ०२:४८ बजेसम्म,तैतिल रात्रि ०१:४४ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा स्थिर योग,
चन्द्रमा मकर राशिमा रात्रि ०९:१४ बजे पछि कुम्भ राशिमा,
काठमाडौंमा सूर्योदय ५:२७ बजेसूर्यास्त ६:४८ बजे,
दिनमान ३३ घडी ३४ पला
राहुकाल बिहान  ०८:४८ देखि १०:२९ सम्म ।   
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७


मेष (चुचेचोलालिलुलेलोअ) Aries :
आटेका कामहरु पुरागर्न सकिनेछ,त्यसकोलागी गोपनियता अति आबस्यक रहनेछ,नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ,नया काम सुरु गर्नको लागि उचित समय रहेकोछ,राजनैतिक क्षेत्रमा उल्लेख्य सफलता हात लाग्नेछ,सुखको अनुभूति हुनेछ आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ


वृष (इवाविवुवेवो) Taurus :
धार्मिक कार्यमा रुची बढ्नेछ,विशिष्ट व्यक्तित्व तथा मान्यजन संगको सामिप्यताले मनोबल उच्च बनाउनेछ,आकस्मिक जरिवाना तिर्नु पर्ने तथा आर्थिक क्षति हुन सक्छ,मुद्दा मामिलामा फसिएता पनि खासै कमजोर देखिदैन जित तपाइकै हुनेछ,अल्छिपन हाबि हुन सक्छ,आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  शम् शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ




मिथुन (काकिकुकेकोहा) Taurus :
दिन कमजोर छ,सकभर यात्रा र नया कामको थालनी नगर्नु नै उचित हुनेछ,सामाजिक प्रतिष्ठामा कमि आउनेछ,सोच्ने शक्तिमा गिरावट आऊनाले दिन तनाबमय रहन सक्छ,पति पत्नी बिचको सम्बन्ध धमिल्याउने तत्व सक्रिय रहनेछ निकै चनाखो रहनु होला,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
ब्यबसायिक पाटो सफल रहनेछ,साझेदारीमा गरेका काममा मनोवान्छित सन्तुष्टि मिल्नेछ,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,पति पत्नी तथा प्रेमी प्रेमिकाको लागि सुखमय दिन रहनेछ, रमाइलो यात्रा संगै मिष्ठान्न भोजनको अवसर जुट्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  नमो भगवते वासुदेबाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :

शरीरमा आरोग्यता छाउनेछ,कुरा काट्नेहरु टाढिनेछन् भने तपाइको अनुयायी बन्न अभिप्रेरित रहनेछन,आर्थिक कारोबार बढ्नेछ भने मनग्य लाभ उठाउन सकिनेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,नया साथि संगको चिनजान र भेटघाटले काममा सहायता मिल्नेछ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ



कन्या (टोपापिपुपेपो) Virgo :
पढाइ लेखाइमा सुधार आउनेछ,भोज भतेरमा सरिक हुने अवसर मिलेता पनि खानपानमा असावधानी अपनाउदा पेटको समस्या बल्झिन सक्छ,सन्तान तथा नोकर-चाकर बाट सहयोग मिल्नेछ,जग्गा जमिनको कारोबार आज सफल रहनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ । 



तुला (रारिरुरेरोतातितुते) Libra :  
आफन्त तथा कुल-कुटुम्ब संग बैमनश्यता बढ्न सक्छ,काममा गति घट्नेछ भने काम बिगार्ने तत्व सक्रिय रहनेछ,सवारी साधन खर्चिलो साबित हुनेछ,साथै दुर्घटनाको सम्भाबनालाई नकार्न सकिन्न,मनमा खराब बिचार आउनाले आफैलाई घाटा पुर्याउन सक्छ,चनाखो रहनु होला,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ



वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
साहसिक कार्यमा मन रमाउनेछ,खेलकुद क्षेत्रमा सफलता हात लाग्नेछ,मनोरन्जनात्मक भेटघाट हुनेछ भने साथिभाइ संगको सहयोगको आदान प्रदानले दिन उत्साहपूर्ण रहनेछ,मनमा महत्वकांक्षी बिचार बढ्नाले पुरा गर्न गाह्रो पर्ला,उपहार तथा पुरस्कार प्राप्ति हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ 



धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
नया आर्जित धन संचय गर्ने अवसर जुतेता पनि पुराना संचित धनको क्षय हुन सक्छ,अचल सम्पतिमा बिबाद सिर्जना हुन सक्छ,प्रेम सम्बन्ध सुधारित रहनेछ,बोलीको प्रभाब घट्नाले बिबादित रहनु पर्ला,पारिवारिक घुमफिरमा समय बित्न सक्ने देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ। 




मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
प्रतिष्ठित पद प्राप्ति हुन सक्छ,सामाजिक रुपमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ,साहित्यिक अभिरुची बढ्नेछ,विशिष्ट व्यक्तित्व संगको सम्बन्ध अझ दरिलो बन्नेछ,नया सवारी साधन तथा यान्त्रिक साधनको प्राप्ति हुने सम्भाबना देखिन्छ,शिरको समस्याले सताउन सक्छ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ




कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
बार्हौ भावमा रहेको चन्द्रमाले आलस्यता बढाउनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउने सम्भाबना हुदा बादबिबादमा नपर्नु बुध्दिमानी हुनेछ,पारिवारिक अल्झनले गर्दा काममा अबरोध आउन सक्छ,कष्टकर यात्रा हुन सक्छ,सहयोगी भावमा भने बृध्दि हुनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग  निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता  हात लाग्नेछ




मीन (दिदुदेदोचाचि) Pisces :
आर्थिक हिसाबमा दिन सफल रहनेछ,अड्किएका सम्पति हात लाग्नेछन,मिष्ठान्न भोजनमा सरिक हुने अबसर मिल्नेछ,सामाजिक गुणगान बढ्नेछ भने दिर्घकालिन फाईदा मिल्ने लगानीका बाटाहरु भेटिनेछन्,उत्तम बस्त्र तथा सामग्रीको लाभ हुनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ



Share this article :
 

Post a Comment