आजको राशिफल श्रावण २ गते july 18





आजको पंचांग 

वि.सं.२०७२ साल श्रावण २ गते शनिबार,
इ स २०१५ अगष्ट १९ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण कृष्णपक्षको औशी तिथि साँझ ०६:२९ बजेसम्म उपरान्त शुक्ल प्रतिपदा,
अश्लेषा नक्षत्र रात्री ११:५५ बजे सम्म उपरान्त मघा,अश्लेषा नक्षत्र साँझ ६:२० बजेसम्म उप्रान्त मघा,
सिद्धि योग रात्रि १०:२८ बजेसम्म उप्रान्त व्यतीपात,
भद्रा करण बिहान ०६:१० बजेसम्म शकुनी साझ ०६:२९ बजेसम्म उप्रान्त चतुष्पद,कौलव करण बिहान ७:५३ बजेसम्म,तैतिल बेलुकी ८:३३ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा मानस योग,
चन्द्रमा कर्कट राशिमा साँझ ६:२० बजेउप्रान्त सिंह,
काठमाडौंमा सूर्योदय ५:२० बजे, सूर्यास्त ६:५९ बजे
दिनमान ३४ घडी ७ पला।
   






©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी 
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७


मेष (चुचेचोलालिलुलेलोअ) Aries :
आफनै बाहुबलले काम फत्ते गर्न सकिनेछ,,पारिवारिक झैझमेला आइलाग्नेछन,साथि भाइको सहयोग केहि ढिलाइका साथ मिल्नेछ,हतारको निर्णय आफ्नै लागि घातक हुन सक्छ,सवारी साधनको प्रयोग निकै घाटादायक बन्नसक्छ चनाखो रहनुपर्ला

वृष (इवाविवुवेवो) Taurus :
पराक्रम बढ्नेछ,आजको दिन मान सम्मान प्रशस्त पाइनेछ,घुमफिर र मनोरंजनमा समय बित्नेछ, नंया साथिको सहयोग निकै फलिफाप पूर्ण रहनेछ,दाजु भाइको सम्बन्धमा भने केहि कमजोरी आउने देखिएता पनि आफन्त संगको सम्बन्ध मजबुत बन्नेछ


मिथुन (काकिकुकेकोहा) Taurus :
संचित धनको नोक्सानी हुन सक्छ,लगानी गरेको धनले उचित प्रतिफल दिनेछ,बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ,मनमा आनन्दको अनुभूति हुनेछ,बिदेशमा रहनु हुनेहरुको लागि भने चिन्ताकारक समय रहनेछ 



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
शरीरमा स्फूर्ति बढेसगै काम गर्ने जागर बढ्नेछ,आफन्त तथा साथीभाई संगको सम्बन्ध सुमधुर बन्नेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मांगलिक कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ, मनोरन्जनात्मक र सफल दिन रहनेछ




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
आम्दानिको तुलनामा खर्चको बृध्दि हुनेछ,काम गर्ने जाँगर घट्नेछ,कष्टकर यात्राको सम्भाबना रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु नै बुध्दिमानी हुने देखिन्छ,चोटपटक र दुर्घटनाको भय देखिन्छ,सामाजिक मान प्रतिष्ठामा कमि आउनसक्छ। 



कन्या (टोपापिपुपेपो) Virgo :
आम्दानीको नया बाटो भेटिनेछ,नोकरीमा केहि सहजताको अनुभूति हुनेछ, प्रतिष्ठित व्यक्ति संगको सामिप्यता बढ्नेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ,पढाई लेखाइमा सुधारको संकेत देखिनेछ 

तुला (रारिरुरेरोतातितुते) Libra :  
ब्यबसायिक पाटो सफलता मुखी हुनेछ,धार्मिक कार्यमा रुची बढे संगै रमाइलो यात्राको सम्भाबना देखिन्छ,नेतृत्वदायी भूमिका निर्बाह गरि दिर्घकालिन योजनाको तयारि गरिनेछ,पशु पंक्षी र कृषिजन्य व्यवसायमा फाइदाको समय देखिन्छ।


वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
धार्मिक यात्रा हुनेछ भने सेवामुलक काममा रुची बढ्नेछ,मान्यजनको सहयोग मिल्नाले काममा सफलताको फड्को मारिनेछ,कानुनि अड्चन आइलाग्न सक्ने देखिन्छ, आकस्मिक रुपमा जरिवानाको सम्भाबना देखिन्छ,स्वास्थ्यमा गडबडी हुन सक्छ



धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
मनमा बिभिन्न किसिमका चिन्ता आइलाग्नेछ,रिस बढ्नाले सल्लाह र सहकार्यमा कमि आउने देखिन्छ,आर्थिक लेनदेन गर्न खासै उत्तम समय देखिन्न,सवारी साधनको प्रयोग घातक बन्न सक्छ निकै चनाखो रहनुहोला,प्रेम पीडाको सम्भाबना देखिन्छ


मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
प्रणय सुत्र अत्यन्त मिठासपूर्ण रहनेछ, व्यवसायमा उच्चतम सफलता मिल्नेछ,आजको दिन कामबाट केहि फुर्सद मिल्नेछ,वाहन तथा मनोरन्जनात्मक क्षेत्रबाट सुख मिल्नेछ,पढाइ लेखाइमा केहि सुधारको संकेत देखिनेछ



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
अरुको लागि समय खर्चिनु पर्नेछ भने अन्तमा तपाइको सहयोगको उचित मुल्यांकन हुनेछ,शत्रु पक्ष सबल रहेता पनि सजिलै परास्त गर्न सकिनेछ,कुरा काट्नेहरु बढ्नेछन,स्वास्थ्यमा केहि कमजोरी देखिएता पनि साझपखबाट  सुधार आउनेछ,यात्रा सम्भाबना देखिन्छ



मीन (दिदुदेदोचाचि) Pisces :
सन्तानसुख प्राप्त हुनेछ,साहित्यिक र रचनात्मक कार्यमा रुची बढ्नेछ,नोकरीमा केहि सहजताको अनुभूति हुनेछ,रमाइलो भेटघाटमा सरिक भइनेछ,बौध्दिकता अझै बढ्ने समय छ,पेटमा समस्या आउन सक्छ,खानपानमा चनाखो रहनु पर्ला
Share this article :
 

Post a Comment