आजको राशिफल भाद्र १ / augest 18

राशिफल
आजको पन्चांग

वि.सं.२०७२ साल भाद्र १ गते मंगलबार,
इ स २०१५ अगष्ट १८ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण शुक्लपक्षको चतुर्थी तिथि रात्री १:४१ बजेसम्म उपरान्त पंचमी,
उत्तरभाद्रपदा नक्षत्र बिहान ०८:५१ बजेसम्म उपरान्त हस्ता,
सिद्धा योग बिहान ०७:४७ बजेसम्म उपरान्त साध्य,
वणिज करण दिवा १:४१ बजेसम्म भद्रा रात्री २:४१ बजेसम्म उप्रान्त बब,
आनन्दादियोगमा धाता योग,
चन्द्रमा कन्या राशिमा,
काठमाडौंमा सूर्योदय ५:३६ बजेसूर्यास्त ६:३४ बजे,
दिनमान ३२ घडी ३५ पला
राहुकाल दिवा ०३:२२ देखि ०५:०० बजेसम्म  

  ©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
सुकेधारा/माछापोखरी काठमाडौँ 
९८५११७५०४७

मेष (चुचेचोलालिलुलेलोअ) Aries :
शत्रु परास्त हुनेछन,रोग बाट मुक्ति मिल्नेछ,मनमा आनन्दको अनुभूति हुनेछ,प्रेम सम्बन्ध सुमधुर रहनेछ,शरीरमा कान्ति बढ्नेछ,आफन्त तथा बन्धू जनबाट सहयोग मिल्नेछ,आजको लागि शुभ अंक ७,शुभ रंग हल्का रातो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ शं शनिश्चराय नम:यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ

वृष (इवाविवुवेवो) Taurus :
धनको हानी हुन सक्ने देखिन्छ,खानपानमा असाबधानि रहनाले  स्वास्थ्यमा कमजोरी आउन सक्छ,पढाइ लेखाइमा सुधार आउनेछ,अप्रिय समाचार सुन्न पर्ने हुन सक्छ,आजको लागि शुभअंक ५,शुभ रंग खरानि रङ्ग हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ सरस्वत्यै नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ



मिथुन (काकिकुकेकोहा) Taurus :
आफन्तजन संग मनमुटाब हुन सक्छ,सवारी दुर्घटना हुन सक्ने तथा शुखमा कमि आउन सक्छ,मनमा अनेक बिकार युक्त सोचको गुम्साहट रहनाले मन भयभित रहनेछ,शारीरिक एबं मानसिक पिडा आउन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का कालो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ गं गणपतये नम:यो मन्त्र २१ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्ने




कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
नया साथीहरुको साथ र सहयोगले नंया काम प्रारम्भ गर्न सहायता गर्नेछ,बस्त्र तथा गर-गहना प्राप्तिको योग देखिन्छ,दाम्पत्य सम्बध मा सकारात्मक प्रतिफल मिल्नेछ, सामाजिक र राजनीतिक क्षेत्रमा मान सम्मानमिल्नेछ,आजको लागि शुभ अंक १,शुभ रंग गुलाबी हो भने कामको सुरुवात गर्नु पूर्ब मृत्युञ्जय मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ



सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
संचित धनको नोक्सान हुन सक्छ,खर्च तथा बिबाद बढ्न सक्छ,मानहानी हुन सक्ने सम्भाव्यता देखिएकोले बिशेष चनाखो रहनु होला,बोल्दा बिचार पुर्याउनु राम्रो हुनेछ, सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ,आजको लागि शुभ अंक ९,शुभ रंग निलो हो भने कामको सुरुवात गर्नु पूर्ब कें केतबे नमः यो मन्त्र १७ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ



कन्या (टोपापिपुपेपो) Virgo :
मिष्ठान्न भोजनको अवसर मिल्नेछ,राम्रा बस्त्रको प्राप्ति हुनेछन्,विलासिताका सामाग्ग्रीमा मन रमाउनेछ,शरीरमा जाँगरको संचिति हुनेछ,महत्वाकांक्षी सोच रहनाले पूर्ण सफल हुन कठिन रहला,आजको लागि शुभ अंक १,मिश्रीत रंग शुभ हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ रां राहबे नम: यो मन्त्र १८ पटक स्मरण गरेर अगाडी बढे शुभ फल हात लाग्नेछ




तुला (रारिरुरेरोतातितुते) Libra :  
खर्च तथा अनाबस्यक बिबादले मन दुखि रहला,स्वास्थ्यमा कमजोरी देखिन सक्छ,अनाबस्यक यात्रा गर्नु पर्ने हुनसक्छ,लेनदेनमा बिबाद उत्पन्न हुनेछन,बेलुकी बाट क्रमश समय सुधार हुदै जानेछ,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ हनुमतये नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ






वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
धनको संग्रह हुनेछ,मिष्ठान्न भोजनको अवसर मिल्नेछ,शरीरमा स्फूर्ति बढ्नेछ, मित्रजन संगको भेटघाटमा मन रमाउनेछ,साझपख बाट धन खर्च हुने तथा स्वास्थ्यमा कमजोरी आउन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग रातो हो भने कामको सुरुवात गर्नु पूर्ब इन्द्रायणी भगवतीको दर्शन पूजा र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ




धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
मनका इच्छाहरु पुरा गर्न सकिनेछन,बोलीको शक्ति बढ्दै जानेछ,पद तथा मान सम्मान प्राप्ति हुनेछन,शरीरमा कान्ति छाउने छ,आनन्दको अनुभूति हुनेछ,राज्यपक्षबाट लाभ मिल्नेछ,आजको लागि शुभ अंक २,शुभ रंग हरियो हो भने कामको सुरुवात गर्नु पूर्ब आफ़्नो कुलदेवताको स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
कानुनि अड्चन आउन सक्छ,मनमा अनेक चिन्ताले डेरा जमाउनाले कममा अबरोध आउन सक्छ,धार्मिक कार्यमा रुची बढ्नेछ,मान्यजन संगको सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ,आजको लागि शुभ अंक ८,शुभ रंग सेतो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ सों सोमाय नम: यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,स्वास्थ्यमा आकस्मिक रुपमा कमजोरी आउन सक्छ,अनाबस्यक बिबाद आइलाग्न सक्छ,झैँ-झगडा र आफन्तमा बेमेल हुन सक्ने देखिन्छ,यात्रा फलदायी देखिन्न,आजको लागि शुभ अंक १,शुभ रंग सेतो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ नम: शिवाय यो मन्त्र ११ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ




मीन (दिदुदेदोचाचि) Pisces :
समय सामान्य रहनेछ,प्रेम सम्बन्धमा सुधार आउनेछ,लामो दुरीको यात्रा गर्ने अवसर मिल्नेछ,बाहनबाट सुखानुभूति मिल्नेछ,ब्यबासयिक व्यक्ति हरुलाई समय फलदायी रहनेछ,मान सम्मानमा आंच आउन सक्छ,आजको लागि शुभ अंक ६,शुभ रंग खैरो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ नमो भगवते वासुदेबाय यो मन्त्र १२ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ

Share this article :
 

Post a Comment