आजको राशिफ़ल श्रावण २५/aus 10

आजको राशिफल



आजको पंचांग
वि.सं.२०७२ साल श्रावण २५ गते सोमबार,
इ स २०१५ अगष्ट १० तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण कृष्णपक्षको एकादशी तिथि साझ ०६:३० बजेसम्म उपरान्त द्वादशी,
मृगशिरा नक्षत्र रात्री ०९:३५ बजेसम्म उपरान्त आर्द्रा,
ब्याघात योग बिहान १०:३८ बजेसम्म उपरान्त हर्षण,
बब करण बिहान ०६:५६ बजेसम्म बालब साझ ०६:३० बजेसम्म उप्रान्त कौलब,
आनन्दादियोगमा आनन्द योग,
चन्द्रमा वृष राशिमा बिहान ०९:३७ बजे सम्म उपरान्त मिथुन राशिमा,
काठमाडौंमा सूर्योदय ५:३२ बजेसूर्यास्त ६:४१ बजे,
दिनमान ३३ घडी ०३ पला
राहुकाल बिहान ०७:१० देखि ०८:५० बजेसम्म      

   
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी

श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७
                                           

मेष (चुचेचोलालिलुलेलोअ) Aries :
धन संचय गर्ने अवसर मिल्नेछ साथी संगीको सहयोगमा कार्यकुशलता बढ्दा दिन सफलता उन्मुख हुनेछ,पराक्रम बढ्नेछ,रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने दिन सुखद रहनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ


वृष (इवाविवुवेवो) Taurus :
मनोबलको कमि भएता पनि निरन्तरको परिश्रम पछी सफलता हात लाग्नेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,राजनीतिमा फड्को मार्न सकिने समय छ,बहुमुल्य रत्नको प्राप्ति हुनेछ, आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  शं शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ




मिथुन (काकिकुकेकोहा) Taurus :
रोकिएका काममा सुधारको संकेत देखिनेछ,लामो यात्राको सम्भाबना देखिन्छ,प्रिय जन संगको सम्बन्धमा मिठासता छाउनेछ,मिष्ठाना भोजन गर्ने अवसर जुट्नेछ,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ




कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
समय प्रतिकुल रहनेछ,नोक्सानि व्यहोर्नु पर्ने समय छः,आफ्नै निर्णयले आफैलाई घात गर्ने अबस्था आउन सक्छ,स्वास्थ्यमा प्रतिकुलता आउनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  नमो भगवते वासुदेबाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ





सिंह (मामिमुमेमोटाटिटुटे) Leo :

धनार्जन गर्ने अवसर मिल्नेछ,सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ,शुभ समाचार सुन्न पाइनेछ, बोलीको प्रभाब बढ्नेछ भने आकस्मिक लाभको सम्भावना देखिन्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ





कन्या (टोपापिपुपेपो) Virgo :
राज्य पक्षबाट तपाइको व्यक्तित्वको उचित मुल्यांकन हुनेछ,सामाजिक कार्यमा रुची बढ्नेछ, समुहको नेतृत्व गरेर सभा सम्मेलनमा सरिक भइएला,व्यवसायमा बिशेष सफलता हात लाग्नेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ 





तुला (रारिरुरेरोतातितुते) Libra :  
बिहानी समय आलस्यताले  कष्टकर रहनेछ,धार्मिक कार्यमा सहभागी बन्ने अवसर मिलेता पनि मन प्रफुल्ल रहन नसक्ने देखिन्छ,झैझमेला आइलाग्नाले मनमा तनाब हुनेछ,पुराना मुद्दा मामिला भने जित हुने देखिन्छ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ




वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
बिहानी समय प्रेममय रहनेछ,मध्यान्ह पछी रिस बढ्ने तथा आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ,निर्णयहरु बिबादित रहन सक्छन,खर्च तथा बिबाद बढ्न सक्छ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ




धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
दिन सफल रहनेछ,बिरोधिहरुको सकारात्मक साथ पाइनाले काम गर्न सहज हुनेछ,पुराना साथिहरु संग भेटघाट गर्ने अवसर मिल्नेछ,ब्यबसायमा प्रागतिको आभास गर्न सकिनेछ,बाहन शुख मिल्नेछ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ। 



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पढाइ लेखाइमा सुधारदेखिए संगै,स्वास्थमा पनि सुधार आउनाले काम गर्ने रुची बढ्नेछ,बिपरित लिंगी संगको सम्बन्धमा भने कमजोरी आउन सक्छ,सहज सफलता मिल्नाले मन खुशी रहनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ



कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
पारिवारिक सम्बन्धमा सुमधुरता छाउनेछ,रोकिएका आम्दानीका बाटोहरु पुन: खुल्न थाल्नेछन्, जग्गा जमिन बाट लाभ मिल्नेछ,खानपानको खराबीले पेटमा समस्या आउन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग  निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ



मीन (दिदुदेदोचाचि) Pisces :
काममा अबरोध आउन सक्छ भने पारिवारिक सम्बन्धमा कमजोरी आउन सक्छ,जन्म स्थान संग सम्बन्धित काममा नाम र दामको आम्दानि गर्न सहज हुनेछ,बिपत्तिको सामना गर्नु पर्ला,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  हनुमतये नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ
Share this article :
 

Post a Comment