राशिफल आश्विन ८ / sep 25

आजको राशिफल

आजको पंचांग 
वि.सं.२०७२ साल आश्विन ८ गते शुक्रबार, 
इ स २०१५ सेप्टेम्बर २५ तारिख,
नेपाल संवत् ११३५ गुंलागा,
भाद्रशुक्लपक्षको द्वादशी तिथि दिवा ०३:४१ बजेसम्म उप्रान्त त्रयोदशी,
धनिष्ठा नक्षत्र रात्री १२:४५ बजेसम्म उपरान्त शताभिषा, 
सुकर्मा योग बिहान ०७:०८ बजेसम्म,  
बालब करण बिहान ०३:४१ बजेसम्म कौलब रात्री ०२:३९ बजेसम्म,
आनन्दादियोगमा धाता योग,
चन्द्रमा मकर राशिमा दिवा ०१:२४ देखि कुम्भ राशिमा,
काठमाडौंमा सूर्योदय ५:५३ बजे सूर्यास्त ६:२२ बजे,
दिनमान ३० घडी ०९ पला,
राहुकाल दिवा १:२५ देखि ०२:५६ बजेसम्म 





©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी 
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७




मेष (चुचेचोलालिलुलेलोअ) Aries :
फलदायी समय रहनेछ,साथि भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ, तपाइको अनुयायी हरु बढ्नेछन भने नया कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ,आर्थिक कारोबार सन्तोष जनक रहनेछ,आजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो,कुनै काममको थालनी पुर्ब देबी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ 




वृष (इवाविवुवेवो) Taurus :
नोकरिमा निकै सहजता आउनेछ, नया लगानी गर्नको लागि शुभ समय रहेको छ,प्रशस्त धनार्जन गरे संगै जोगावट पनि गरिने समय रहेकोछ, पशु पंक्षी संग सम्बन्धि काममा निकै सफलता हात लाग्नेछ,आजको लागि शुभ अंक ४,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब बिष्णु भगवानको स्मरण पुजा र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।




मिथुन (काकिकुकेकोहा) Taurus :
बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ,मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ,आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब  नम: शिवाय यो मन्त्र ११ पटक जपेर अगाडीबढे सफलता मिल्नेछ





कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
गरिरहेको काममा व्यवधान आउन सक्छ,प्रियजन संगको सुमधुर सम्बन्धमा कमजोरी आउने देखिन्छ,नया कामको थालनी गर्नको लागि मध्यान्ह अगाडिको समय उपयुक्त देखिन्छ,आजको लागि शुभ अंक २,शुभ रंग बुट्टे हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ रां राहबे नमः  मन्त्र १८ पटक जप गरेर अगाडी बढे सफ़लता मिलने देखिन्छ 





सिंह (मामिमुमेमोटाटिटुटे) Leo :

रोकिएका ब्यबसायिक कारोबारमा सुधार आउनेछ,प्रेम सम्बन्ध  अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ,नया सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ,आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सरस्वत्यै नम: यो मन्त्र जपेर अगाडी बढे उत्तम हुनेछ।





कन्या (टोपापिपुपेपो) Virgo :
पढाई लेखाइमा आएको लय घट्न सक्छ,शत्रुहरु तपाइँ देखि टाढिन थाल्नेछन,धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ,हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला,आजको लागि ६,शुभ रंग सप्तरंगी  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलादेबताको  स्मरण र दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।







तुला (रारिरुरेरोतातितुते) Libra : 
तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाब घट्दो क्रममा रहनेछ,अत्याबस्यक यात्रा गर्नु परेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ मृत्युन्जयाय  नम: योमन्त्र २३ पटक जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ।




वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
आफन्त संगको सम्बन्धमा केहि सुधार आएता पनि स्वास्थ्यले साथ नदिन सक्छ,साहित्यिक भावमा रुची बढ्नेछ,छोरा छोरी बाट साथ र सहयोगको प्राप्ति हुनेछ,आजको लागि शुभ अंक ५ शुभ रंगखैरो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब नवदुर्गा भगवतीको मन्त्र जप गरेमा सफलता हात लाग्नेछ।




धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
बिगतको भन्दा केहि सुधारित समय रहनेछ,योजना अनुरुप काम बन्न नसकेता पनि निराश हुनु पर्ने अबस्था छैन,आफन्त र साथि संगीको प्रशस्त सहयोग मिल्नेछ,प्रेम माया रुपमा समय बित्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब हनुमानको दर्शन पूजा र स्तोत्र पाठ गरेर अगाडी बढे सफलता हात लाग्नेछ।




मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
मध्यान्ह सम्मको समय खराब जस्तो नदेखिएता पनि त्यसपछि निकै सफल भइनेछ,साथि भाइको साथमा बसेर मिष्ठान्न भोजन संगै रमाइलो गर्ने अवसर जुट्नेछ,शिरमा केहि समस्या देखिन सक्छ,आजको लागि शुभ अंक ३,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः यो मन्त्र २१ पटक स्मरण गरेर थालनी गरेमा उचित हुनेछ





कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
बिहानको समय दौड  धूपमा नै व्यतित हुन सक्छ,मान सम्मान बढ्नेछ साथै तपाईको धेरैले प्रशंशा गर्नेछन,दिउसो केहि फुर्सदिलो भएको आभास हुनेछ,नया बस्त्र अलंकार पनि मिल्नेछ,फलदायी यात्राको सम्भाबना पनि देखिन्छ,आजको लागि शुभ रंग गाढा रातो हो भने,शुभ अंक ५ हो,कामको सुरुवात गर्नु पुर्ब ॐ घृणी सूर्याय नम: यो मन्त्र १२ पटक उच्चारण गरेर अगाडी बढे सकारात्मक फल मिल्नेछ ।  




मीन (दिदुदेदोचाचि) Pisces :
घर बाहिर रहेर काम गर्नेहरुको लागि फलदायी समय रहनेछ,खर्च बढेता रमाइलो भेट-घात र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनु होला,आजको लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे,र यात्रा गर्नु पुर्ब बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ 


Share this article :
 

Post a Comment