आजको राशिफल कार्तिक ४ गते

आजको राशिफल

आजको पंचांग
वि.सं.२०७२ साल कार्तिक ४ गते बुधबार,
इ स २०१५ अक्टोबर २१ तारिख,
नेपाल संवत् ११३५ गुंलागा,
आश्विन शुक्लपक्षको अष्टमी तिथि बिहान ०९:४७ बजेसम्म उपरान्त नवमी
पुर्बाषाढा नक्षत्र  बिहान ११:१९ बजे सम्म उपरान्त उत्तराषाढा,
सुकर्मा योग साँझ ०७:१५ बजेसम्म
वाणिज करण बिहान ०९:४७ बजेसम्म भद्रा रात्री ०९:१७ बजेसम्म
आनन्दादियोगमा मित्र योग,
चन्द्रमा धनु राशिमा साझ ०५:१४ बजे देखि मकर राशिमा 
काठमाडौंमा सूर्योदय ०६:०६ बजे सूर्यास्त ०५:३६ बजे,
दिनमान २८ घडी २७ पला,
राहुकाल बिहान ०२:३८ देखि ०४:०३ बजेसम्म  




©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी 
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७

मेष (चुचेचोलालिलुलेलोअ) Aries :
शरीरमा स्फूर्ति बढ्नेछ,नंया ठाउमा घुमघाम गर्ने अवसर मिल्नेछ,धनार्जन गर्ने सु-अवसर मिल्नुका साथै नंया मित्र संगको भेटघाटमा समय बित्नेछ,नोकरीमा आएको अनाबस्यक तनाब बिस्तारै घट्नेछन्,मनमा प्रशन्नता छाउनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ





वृष (इवाविवुवेवो) Taurus :
आजको दिनमा धर्म कर्ममा रुची बढ्नेछ, मठ मन्दिर वा लामो तिर्थयात्राको अवसर मिल्नेछ भने यात्रा सफल र रोमान्चक बन्नेछ,स-साना चोटपटकको भय भने देखिन्छ, सामान्य किसिमका मुद्दा मामिलाको झमेला आइलाग्न सक्नेछ,नाचगान र खेलकुदजस्ता कार्यमा सहाभागी बनिनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  नमो भगवते वासुदेबाय योमन्त्र १२ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ




मिथुन (काकिकुकेकोहा) Taurus :
आज तपाईलाई खराब बिचारहरुले सताउनाले निर्णयहरु कमजोर बन्न सक्छन,शत्रु पक्षले तपाईको कमजोरी औल्याउन सक्ने हुदा चनाखो रहनु होला,गुप्त रोगको भय देखिन्छ,पारिवारिक र प्रेम सम्बन्धमा कमजोरी आउन सक्ने समय,पारिवारिक असमझदारी बाहिर देखिन सक्नेछ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः यो मन्त्र १६ पटक उच्चारण गरेर अगाडी बढे सफलता हात लाग्नेछ




कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
प्रेम मय दिन बन्नेछ,प्रणय सुत्र आज निकै दरिलो हुने देखिन्छ्ह,रमाइलो भेटघाट संगै मनपरेको बस्तु उपहार स्वरूप हात लाग्न सक्ने समय छ,बैदेशिक वा लामो यात्राको सम्भाबना देखिन्छ,सवारी साधनको प्रयोग खर्चिलो हुनेछ,गृहिणीहरुको लागि भने खासै उत्साहप्रद समय नरहला,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः मन्त्र २१ पटक स्मरण गरेर अगाडी बढे सफलता मिल्नेछ । 





सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
आजको दिनमा तपाइको सामाजिक प्रभुत्व निकै उच्च रहनेछ,शत्रु पक्ष कमजोर हुनेछन,विपक्षीलाई सजिलै परास्त गर्न सकिनेछ,मनसिक चिन्ता र रोगबाट केहि छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने कामको लागि समय बिशेषरुपमा सफल साबित हुनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुल भगवानको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ




कन्या (टोपापिपुपेपो) Virgo :
सन्तान र अनुयायीहरुबाट उच्चतम सहायता मिल्नेछ,साहित्यिक र कलाकारिता क्षेत्रमा ठुलोप्रतिफल हात लाग्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,खानपानमा आउने असाबधानिले पेटमा केहि समस्या आउन सक्ने देखिन्छ,अपच र अमन जस्ता समस्य देखिन सक्छ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ






तुला (रारिरुरेरोतातितुते) Libra : 


पारवारिक असमझदारी बढ्नेछ,मातृसुखमा कमि आउने देखिन्छ,सवारी साधनको प्रयोग आज निकै घातक बन्नसक्छ चनाखो रहनुपर्ला,निर्णयमा हतारोपन हाबी हुनेछ,शारीरिक र मानसिक रुपमा दौडधुप बढ्नेछ,काममा सफलता पाउनको लागि गोपनियता आबस्यक देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब इष्टदेबको दर्शन स्मरण पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ



वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
पारिवारिक र सामाजिक अभिभारा बढेसंगै तपाईमा आश्रीत हुनेको संख्या थपिनेछ,स-साना समस्यामा अल्झिन पर्दा ठुला कामको छनोट गर्न र प्राप्त काम पुरा गर्न निकै समस्या झेल्नु पर्ने हुन सक्छ,बोलीको प्रभाब भने बढ्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,आर्थिक कारोबारमा सुधार आउनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ



धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :


आजको दिनमा संचित धनको जगेर्ना गर्न कठिन हुनेछ,स्वास्थ्यमा आएका कमजोरी सुधार हुनेछ आफन्त तथा कुटुम्ब हरुकोलागी समय खर्चिनु पर्नेछ,मानसिक चिन्ताबाट छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने कामको लागि समय सफल हुनेछ,आजको लागि शुभ अंक ७,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलदेबको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।




मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
आजको दिनमा शिरमा बसेको चन्द्रमाको प्रभावले नाम र दाम दुवै कमाउन सकिनेछ,शरीरमा केहि आलस्यता बढेको आभाष हुनेछ,काम गर्ने शक्तिमा कमि आउनेछ भने गरे काम अनुरुप जश पाउन कठिन हुनेछ,परिवारको लागि बिशेष भूमिका निर्बाह गर्नुपर्नेछ,नया काम सुरुवात गर्न उत्तम समय रहेको छ, आफन्तसंगको सम्बन्धमा सन्तोषजनक सुधार आउनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  शं शनिश्चराय नम: नम: यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ





कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
खर्च बढ्ने दिन रहेकोछ,मन परेका बस्तुहरु उपभोग गर्न भने पाइनेछ,सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ,लामो यात्राको सम्भावना देखिन्छ, सन्तानहरु आज केहि बढी नै खर्चिलो हुनेछन, आटेका कार्य पुरा गर्न भने केहि कठिनाइ हुनेछ मिष्ठान्न भोजनको सु-अवसर पनि प्राप्त हुनेछ, आजको लागि शुभ अंक ९,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ बृं बृहस्पतये नमः यो मन्त्र १९ पटक जपेर अगाधि बढ्नु फलदायी साबित हुनेछ






मीन (दिदुदेदोचाचि) Pisces :

पारिवारिक स्वास्थ्यमा प्रतिकुलता देखिए संगै खर्च बढ्नेछ,दाम्पत्य सम्बन्धमा नि:रसता छाउन सक्छ,निर्णय क्षमतामा ह्रास आउनाले बिबादित बन्नु पर्ने हुन सक्छः,बाहन तथा मेसेनेरी बस्तुबाट चोट-पटकको भय देखिन्छ, निकै साबधानी अपनाउनु होला,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ घृणी सूर्याय नम:यो मन्त्रको १२ पटक जप गरेर अगाडी बढे शुभ हुनेछ


Share this article :
 

Post a Comment