आजको राशिफल आश्विन २७ /oct 14

आजको राशिफल


आजको पंचांग
वि.सं.२०७२ साल आश्विन २७ गते बुधबार
इ स २०१५ अक्टोबर १४ तारिख,
नेपाल संवत् ११३५ गुंलागा,
आश्विन शुक्लपक्षको प्रतिपदा तिथि बिहान ०६:२४ बजेसम्म उपरान्त द्वितीया
स्वाती नक्षत्र  भोलि बिहान ०६:३६ बजे सम्म,
योग रात्री १२:१० बजेसम्म
बब करण बिहान ०६:२४ बजेसम्म बालब साँझ ०७:१८ बजेसम्म
आनन्दादियोगमा धुम्र योग,
चन्द्रमा  तुला राशिमा,
काठमाडौंमा सूर्योदय ०६:०३ बजे सूर्यास्त ०५:४१ बजे,
दिनमान २८ घडी ४९ पला,
राहुकाल बिहान ११:४९ देखि ०१:२५ बजेसम्म    


©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी 
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 
९८५११७५०४७


मेष (चुचेचोलालिलुलेलोअ) Aries :
प्रेमी प्रेमिकाको सम्बन्धमा सुमधुरता छाउनेछ,ब्यापार ब्यबसायमा सुधारको संकेत देखिनेछ,नया बस्तु तथा बाहनको लाभ हुन सक्ने देखिन्छ,मनोरन्जनात्मक क्षेत्रमा लागिपरेका व्यक्तिहरुलाई उच्च सफलता हात लाग्ने देखिन्छ,पढाइ लेखाइमा क्रमिक सुधारको संकेत देखिनेछ आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ




वृष (इवाविवुवेवो) Taurus :
तपाईको परिश्रमको फाइदा अरु व्यक्तिले उठाउन सक्नेछन,कामलाई ब्यबस्थित बनाएर अगाडी बढाउन नसक्दा दिन केहि भद्रगोल जस्तो बन्न सक्छ,शत्रुपक्ष सबल रहेता पनि परास्त गर्न सकिनेछ, प्रगतिको लागि गोपनियताको साथमा धैर्यता पनि आबस्यक देखिन्छ,स्वास्थ्यमा सुधार आउनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ 



मिथुन (काकिकुकेकोहा) Taurus :
सन्तान सुख मिल्नेछ,खेलकुद तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्ने देखिन्छ, कलाकारिता र मनोरन्जनको क्षेत्रमा रहनुहुनेहरुका लागी आजको दिन निकै उत्साहजनक र फलदायी रहनेछ, पढाई लेखाइमा भने खासै गति जाने देखिन्न,स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीभगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ



कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  
आफ्नै ढिपीले काममा अबरोधको सामना गर्नुपर्ने हुनसक्छ,आफन्त जनबाट प्राप्त हुने सल्लाह सुझाब व्यर्थ भएको अनुभूति हुनेछ,पारिवारिक समस्या अझै बल्झिनेछ,धैर्यता कमजोर रहनाले हतारो पन बढ्नेछ,सवारी साधनको प्रयोग आज निकै खर्चिलो हुने देखिन्छ आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ




सिंह (मामिमुमेमोटाटिटुटे) Leo :
पराक्रम बढ्ने समय छ,घुमफिर र मनोरंजनमा समय बित्नेछ,नंया साथि संगको चिनजान र सहकार्यले सफल्लता दिलाउनेछ,दाजु भाइको सम्बन्धमा केहि कमजोरी आउने देखिएता पनि सामाजिक अबस्था मजबुत बन्नेछ,आजको दिन मान सम्मान प्रशस्त पाइनेछ,आजको लागि शुभ अंक ७ शुभ रंग निलो हो भने कुनै काममो सुरुवात गर्नु पूर्ब ॐ हनुमतये नम: यो मन्त्र जाप गरेर अगाडी बढे सफलता मिल्नेछ



कन्या (टोपापिपुपेपो) Virgo :
संचित धनको नोक्सानी हुन सक्छ,आफन्त संगको लेनदेनबाट आज सन्तोष मिल्ने देखिन्न,रिस बढे संगै कामबाट प्रतिफल खासै नआउने देखिन्छ,बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ, घर बाहिर रहनेहरुको लागि परिवारको समस्याले चिन्ता दिलाउनेछ,यात्रा सम्भाबना देखिन्छ आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ





तुला (रारिरुरेरोतातितुते) Libra :  
शरीरमा जागर र स्फूर्ति बढ्नेछ,काम गर्ने उर्जा बढेर आउनेछ,आफन्त तथा साथीभाई संगको सम्बन्धमा सुधारत छाउनेछ,आजको दिनमा सजिलै अरुको बिस्वास जित्न सकिनेछ, धार्मिक तथा मांगलिक कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ,दिन निकै रमाइलो रहनेछ आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ




वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :
निरन्तर गरिरहेको काममा रुची घट्ने देखिन्छ,आम्दानि र खर्चको तालमेल नमिल्दा केहि असहज पारिस्थितिको सामना गर्नु पर्ला,यात्रा निकै कष्टकर रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु राम्रो होला,चोटपटक र दुर्घटनाको भय देखिन्छ,बैदेशिक क्षेत्र भने सबल रहनेछ आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  देब्यै नम: यो मन्त्र ९ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ




धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :
आम्दानीका नया स्रोतहरु भेटिनेछन भने आजको दिनमा मनग्य आम्दानि गर्ने अवसर मिल्नेछ, राज्य पक्षबाट तपाइको उचित सम्मान र विद्वताको कदर हुनेछ,ठुला र प्रतिष्ठित व्यक्ति संगको सम्बंध बिस्तार हुनेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ
आजको लागि शुभ अंक ८,शुभ रंग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  ग. गणपतये नम: यो मन्त्र २१ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ





मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
नोकरीमा पदोन्नती वा विशिष्ट सम्मान पाइने योग छ,ब्यबसाय गर्नेहरुको लागि पनि आज निकै सुखद रहने देखिन्छ,राजनैतिक र सामाजिक मान प्रतिष्ठा मिल्नेछ,विरोधीलाई परास्त गर्न सकिनेछ,पैतृक रुपमा आएका समस्याहरुबाट ठुलै झन्झट आइलाग्ने सम्भाबना देखिन्छ आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ




कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :
आजको दिन शुभ कार्यमा सरिक भएर बित्नेछ,धर्म कर्ममा र सेवामुलक काममा रुची बढ्नेछ, विशिष्ट व्यक्तित्व संगको निकटता बढे संगै उचित सहयोग मिल्नाले काममा लाग्ने प्रेरणा प्राप्त हुनेछ, बिस्वास गरिएका व्यक्तिबाट नै झुटा आरोपहरु आइलाग्न सक्ने सम्भाबना पनि देखिन्छ,
सबधानिका साथ अगी बढ्नुहोला,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ



मीन (दिदुदेदोचाचि) Pisces :
पारिवारिक र प्रेम सम्बन्धमा कटुता आउनसक्छ,साथि संगिमा पनि मनमुटाब हुन सक्नेछ,रिस बढ्नाले सल्लाह र सहकार्यमा गत्याबरोधको अबस्था आउन सक्छ,सवारी साधनबाट चोटपटक तथा नोक्सानी मिल्ने अबस्था छ,नंया कामको सुरुवात गर्नको लागि त्यति राम्रो समय देखिन्न आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब  नमो भगवते वासुदेबाय यो मन्त्र १२ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ

Share this article :
 

Post a Comment